सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाँच स्थानीय तहमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन सम्पन्न


  •    न्युजभित्तो/२ जेष्ठ २०७८, आईतवार १०:३२ 
  • फुङ्लिङ, २ जेठ । ताप्लेजुङ जिल्लाको पाँच स्थानीय तहमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्य सम्पन भएको छ । गत वैशाख पहिलो सातादेखि जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्य शुरु भई पाँच स्थानीय तहमा सम्पन्न भएर कोभिड–१९को सङ्क्रमणका कारणले गत हप्ता स्थगित भएको छ ।

    पाँच स्थानीय तहमा जम्मा २४ हजार २०४ जनाले राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन भएको छ । फक्ताङलुङ गाउँपालिकामा चार हजार ६८६ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भएको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन ताप्लेजुङका स्रोत व्यक्ति तथा जिल्ला प्रशासन कार्यालयका सीमा प्रशासन अधिकृत सूर्यप्रसाद दाहालले बताउनुभयो । आठराइत्रिवेणी गाउँपालिकामा पाँच हजार २६५ जानको विवरण सङ्कलन भएको छ ।

    त्यस्तै मैवाखोला गाउँपालिकामा चार हजार २८२ र फुङ्लिङ नगरपालिकामा छ हजार ८९५ जनाको विवरण सङ्कलन भएको दाहालले बताउनुभयो । मेरिङदेन गाउँपालिकामा छवटा वडा भएकामा १, २ र ३ वडा गरी जम्मा तीन हजार ७७ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भएको छ । वडा नं ४, ५ र ६ मा विवरण सङ्कलन हुन बाँकी रहेको कम्युटर अपरेटर वसन्त निरौलाले बताउनुभयो । दिन प्रतिदिन कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि विवरण सङ्कलन स्थगन गर्नुपरेको हो ।

    कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा आएपछि अनुकूल समयमा बाँकी गाउँपालिकामा विवरण सङ्कलन हुने निरौलाले बताउनुभयो । पाथीभरा याङवरक, सिरिजङ्घा, मिक्वाखो र सिदिङ्वा गाउँपालिकामा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्न बाँकी रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.