सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चोरीका २६ मोटरसाइकलसहित चार पक्राउ, अवैध कारोवारमा घुमुवा प्रहरीदेखि गुण्डा नाइकेसम्म


  •    /१४ असार २०७६, शनिबार २३:४६ 
  • रत्ननगर । जिल्ला प्रहरी कार्यालय चितवनले चोरीका २६ मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आज भरतपुर महानगरपालिका वडा नं २० शारदानगर रानीपोखरीस्थित रोहित मोटरसाइकल वर्कशपबाट पक्राउ गरेको हो । उनीहरु लामो समयदेखि देशका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी बिक्री वितरण गर्ने गरेको खुल्न आएको छ ।

    पक्राउपर्नेमा चितवनका रोहित श्रेष्ठ, बाराका कृष्ण शाह र महावीर चौधरी तथा भारतीय नागरिक राजा कुमार रहेका छन् । प्रहरीले वर्कशपबाट २६ वटा विभिन्न कम्पनीका मोटरसाइकल, इञ्जिन नभएका च्यासिस आठ थान, विभिन्न व्यक्तिका नाममा रहेका ५३ थान ब्लुबुकसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।

    श्रेष्ठले चितवनका पुराना र नयाँ घुमुवा प्रहरीदेखि गुण्डा नाइकेसम्म सेटिङ मिलाएर मोटरसाइकलको अवैध कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.