सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ऊनबाट बनेका सामग्रीले बजार पाएनन्


  •    न्युजभित्तो/३१ बैशाख २०७८, शुक्रबार १५:५५ 
  • रुकुम (पूर्व), ३१ वैशाख । भौगलिक रुपमा विकट रुकुम –पूर्वका कृषकले पूर्खौँदेखी भेडा बाख्रापालन गर्दै आएका छन । जिल्लाको माथिल्लो भेगमा मगर समुदायको बाहुल्यता छ । यी समुदायका नागरिकले भेडाको ऊनबाट विभिन्न सामग्री निर्माण गरेर आम्दानी गर्दै आएका छन् । पछिल्लो समय बढ्दो आधुनिकतासँगै ऊनबाट बनेका सामग्रीले बजार नपाउँदा भने राडीपाखी व्यवसाय सङ्कटमा परेको छ ।

    पुथाउत्तरगंगा गाउँपालिका –१० तकसेराकी बिजुली बुढा आफुले थाहा पाउने भएदेखी भेडाको ऊनबाट बन्ने सामाग्री बनाउँदै आउनु भएको छ । घरमा भेडा बाख्रापालन हुने भएकाले उहाँ सानैबाट धागो कात्ने, राडीपाखी, पटुका, टोपी, पञ्जा, मोजा, गलैँचा, स्वीटर, घुम लगायतका सामाग्री बनाउनुहुन्छ । पहिला यी सामाग्रीले सहजै बजार पाउँथे । अहिले उत्पादन भएपनि बिक्री नहुँदा पेशा सङकटमा परेको बिजुली बताउनुहुन्छ ।

    पुथाका अधिकांश ठाउँमा भेडापालन गरिन्छ भने भूमेका चारवटा वडामा पनि भेडाबाख्रा पालन हुँदै आएको छ । भेडाका ऊनबाट बनेका सामग्री बनाउने र बिक्री गर्ने गरेका स्थानीयवासीको रोजगारी त्यसैबाट भएको थियो । पछिल्लो समय आधुनिक प्रविधि र आयातित कपडाका कारण परम्परागत रूपमा हरेक घरमा बुनिँदै आएको राडी, पाखी र बख्खु विस्तारै लोप हुन थालेका छन् ।

    जिल्लामा यी सामाग्री बुन्न महिला बढी सक्रिय छन् । परम्परागत यो पेशालाई उद्योगको रुपमा स्थापना गर्ने उनीहरुको चाहना छ । यसमा सरकारले सहयोग गर्नुपर्ने पृथा –११ कि सीता बुढा मगरको भनाइ छ ।

    भेडाको रौँबाट ऊन तयार पारेर राडी, पाखी र बख्खु बुन्ने कार्य कठिन त छँदैछ र त्यसका लागि समय पनि लामो लाग्छ । पहिले पहिले परम्परागत हस्तकलाका यस्ता सामाग्री रुकुमपूर्वका प्रायः घरमा बुन्ने चलन थियो । अहिले त्यस्ता सामग्री आफन्तलाई कोशेली पठाउन मात्र बुन्ने गरिन्छ । घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वका उद्योग अधिकृत ताराप्रसाद शर्मा भने उद्योग सञ्चालनका लागि आवश्यक सहयोग गर्ने बताउनुहन्छ ।

    राडीपाखी उद्योग सञ्चालका लागी प्रदेशबाट पनि यस वर्ष जिल्लामा रु १० लाख बजेट प्राप्त भएको उहाँले जानकारी दिनुभयो । सामूहिक तथा व्यक्तिगत रुपमा उद्योग दर्ता गरी सञ्चालन गर्न कृषक तथा व्यवसायीलाई आग्रह गरिएको अधिकृत शर्माले बताउनुभयो ।

    पुराना पुस्ताले गाउँमै बुनिएको कपडाहरू प्रयोग गर्दै आएपनि नयाँ पुस्ताले प्रयोग नगर्ने र पेसा संरक्षणमा पनि चासो नदेखाएको कारण भविष्यमा राडी, पाखी र बख्खुहरू देख्न नपाइने स्थानीयबासीको चिन्ता छ ।

    अफिम खेती नष्ट

    रुकुमपूर्वमा यही वैशाखको दुई हप्तामा ३६ रोपनी क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरिएको छ । कोरोना महमारीकै बीचमा वैशाख १० देखि २४ गेतसम्म सो परिमाणको अफिम खेती फडानी गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार हिमाली क्षेत्रमा बढी मात्रामा अफिम खेती हुने गरेको पाइएको छ । गाउँपालिकाका १, २ र ५ वडाका विभिन्न ठाउँमा प्रहरी परिचालन गरी अफिम नष्ट गरिएको डिएसपी श्रेष्ठले बताउनुभयो । सिस्ने र भूमे गाउँपालिकाका विभिन्न ठाउँमा गाँजा खेती भैरहेकोले नष्ट गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    • नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    • नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.