स्वास्थ्य मन्त्रालयबाट अक्सिजन सिलिन्डर आजदेखि वितरण हुने
न्युजभित्तो/३१ बैशाख २०७८, शुक्रबार १५:२१
काठमाडौं,३१ वैशाख । उपत्यकामा अक्सिजन सिलिन्डरको वितरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आजदेखि हुने भएको छ ।
कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले शुक्रबार विज्ञप्ती जारी गर्दै मन्त्रालयबाट अक्सिजन वितरण हुने जानकारी गराएको हो ।
अक्सिजन सिलिन्डर मागको आपुर्तीलाई अभाव हुन नदिन मन्त्रालयबाटै वितरण गर्ने निर्णय गरेको सीसीएमसी सचिवालयका महासचिव नुरहरी खतिवडाले जानकारी दिए ।सिलिण्डरको अभावलाई थप व्यवस्थापनका लागि मन्त्रिपरिषद्ले ५० हजार खाली सिलिण्डर विदेशवाट ल्याउने निर्णय गरेको छ । ३० हजार सिलिण्डर चिनबाट अनुदानमा ल्याउने भने पनि ४०० वटा मात्र ल्याएको छ ।