सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘पत्रकारलाई साइबर अपराधको तरबार नदेखाउ’


  •    /४ बैशाख २०७६, बुधबार १३:०५ 
  • काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले समाचारको विषयलाई लिएर पत्रकारलाई विद्युतीय कारोबार ऐन अन्तरगत पक्राउ गरिनु आपत्तिजनक भएको भन्दै पक्राउ गरिएका सबै पत्रकारलाई रिहा गर्न माग गरेका छन् । समाचार प्रकाशन गरेको विषयलाई लिएर साइबर अपराध सम्बन्धी कसुरमा प्रहरीले पत्रकार पक्राउ गरको विरोध कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष आचार्यले उक्त माग राखेका हुन् ।
    अनलाईन पत्रकार संघद्वारा आयोजित उक्त विरोध कार्यक्रममा महासंघका महासचिव रमेश विष्टले पत्रकारलाई साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ गर्ने कार्य तत्काल बन्द नगरे महासंघ कडा संघर्षका कार्यक्रममा जान बाध्य हुने बताए । प्रेस संगठन नेपालका अध्यक्ष गणेश बस्नेतले शक्तिका आडमा नेपाली प्रेसमाथि दमन गरिन्छ भने पत्रकारहरु सडकमा आउन बाध्य हुने बताए ।
    अनलाईन पत्रकार संघका अध्यक्ष शिव सत्यालले पत्रकाहरुलाई जेल हाल्नका लागि समाचारको विषयलाई लिएर सरकारले विद्युतीय कारोबार ऐनमा पत्रकारलाई पक्राउ गर्न थालेको भन्दै त्यसको विरोध स्वरुप कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।
    विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुले ‘पत्रकारलाई साइबर अपराधको तरबार नदेखाउ’, ‘विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर’, ‘प्रेस स्वतन्त्रताको रक्षा गर’, ‘पत्रकारको लेख्न पाउने अधिकारको रक्षा गर’ जस्ता नारा लेखिएका प्ले कार्ड सहित विरोध प्रदर्शन गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.