सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्त


  •    न्युजभित्तो/३० बैशाख २०७८, बिहीबार १३:०९ 
  • कर्णाली, ३० वैशाख  । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ । लामो समयदेखि रिक्त रहेका ती पदमा विश्वविद्यालयले पहिलोपटक खुला प्रतिष्पर्धाबाट नियुक्त गरेको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले खुला प्रतिष्पर्धाबाट चार-चार डीन तथा निर्देशक र नौ क्याम्पस प्रमुखको नियुक्त गरेको जानकारी दिनुभयो ।

    विश्वविद्यालयले पदाधिकारी छनोटका लागि लोकसेवा आयोगका तत्कालीन सदस्य बृन्दा हाडाको संयोजकत्वमा काठमाडौँ विश्वविद्यालयका पूर्वडीन प्रा डा विजय केसी र त्रिभुवन विश्वविद्यालयका पूर्वनिर्देशक प्रा डा रामेश्वर अधिकारी सदस्य रहेको तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । “छनोट समितिले आवेदकले प्रस्तुत गरेको भिजन पेपर, शैक्षिक योग्यता, कार्य अनुभवसहितको आधारमा नाम सिफारिश गरेको हो”, उपकुलपति सिंहले भन्नुभयो, “समितिको सिफारिशलाई कार्यकारी परिषद्को बैठकले अनुमोदन गयो ।” नियुक्त गर्ने अधिकार उपकुलपतिलाई भए पनि आफूले सक्षम व्यक्तिलाई अवसर दिन खुला र पारदर्शी नियुक्ति प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो । परिषद्को बैठक यही वैशाख १८ गते बसेको थियो ।

    विश्वविद्यालयले व्यवस्थापन सङ्कायको डीनमा प्रा डा दीपबहादुर रावल, मानविकी तथा सामाजिकशास्त्र सङ्कायको डीनमा सहप्राध्यापक डा लीलाधर तिवारी, विज्ञान तथा प्रविधि सङ्कायको डीनमा डा सुदीप ठकुरी र कृषि तथा वन विज्ञान सङ्कायको डीनमा डा विमलकुमार कर्णलाई नियुक्त गरेको छ । त्यस्तै योजना विकास अनुगमन निर्देशनालयको निर्देशकमा प्रा डा चन्द्रप्रकाश रिजाल, पाठ्यक्रम विकास निर्देशनालयको निर्देशकमा वीरबहादुर पौडेल, अनुसन्धान निर्देशनालयको निर्देशकमा प्रा डा विनयकुमार मिश्र र अनुसन्धान तथा विकास केन्द्रको कार्यकारी निर्देशकमा प्रा डा सुधन झा नियुक्त हुनुभएको छ ।

    मध्यपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गतका नौ आङ्गिक क्याम्पसमा पनि प्रमुख नियुक्त गरिएको छ । जलजला बहुमुखी क्याम्पस रोल्पाको प्रमुखमा खिमबहादुर खड्का, मुसीकोट खलङ्गा बहुमुखी क्याम्पस रुकुम पश्चिमको प्रमुखमा बुद्धिप्रसाद गौतम, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटको प्रमुखमा बलबहादुर भण्डारी, भेरी बहुमुखी क्याम्पस गुमीको प्रमुखमा तुलबहादुर राना र विद्यापुर जनता बहुमुखी विद्यापुरको प्रमुखमा तीर्थबहादुर शाही नियुक्त हुनुभएको छ ।

    यस्तै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको प्रमुखमा दानबहादुर हमाल, बबई बहुमुखी क्याम्पस बर्दियाको प्रमुखमा यदुप्रसाद गौतम, नारायण बहुमुखी क्याम्पस दैलेखको प्रमुखमा नरबहादुर शाही र रारा बहुमुखी क्याम्पस मुगुको प्रमुखमा सुशीलकुमार भाम नियुक्त हुनुभएको छ । नवनियुक्त पदाधिकारीलाई आगामी जेठ १ गतेदेखि काममा खटाउने विश्वविद्यालय प्रशासनको तयारी छ । विश्वविद्यालयले यसअघि खुला प्रतिष्पर्धाबाट रजिष्ट्रार नियुक्त गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    • नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    • नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.