सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन निकुञ्जमा गौरी गाई गणना शुरु


  •    न्युजभित्तो/३० बैशाख २०७८, बिहीबार १२:१२ 
  • नवलपुर, ३० वैशाख ।  राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचिमा सूचिकृत सङ्कटापन्न अवस्थाको जङ्गली गाई (गौरी गाई)को गणना चितवन राष्ट्रिय निकुञ्जमा शुरु गरिएको छ ।

    निकुञ्जले पाँच वर्षपछि मङ्गलबारबाट सो गणना थालेको हो । गौरी गाईको पछिल्लो अवस्थाको बारेमा जानकारी लिने उद्देश्यले यसको आन्तरिक अनुगमन तथा गणना शुरु गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले बताउनुभयो ।

    गणनाका लागि निकुञ्जका २२ हात्ती र ६० जना जनशक्ति परिचालन गरिएको छ । गणना बढीमा पाँच दिनभित्र सकाउने लक्ष्य छ ।

    निकुञ्जको सम्भावित चुरे, भावर र नदी तटीय क्षेत्रमा सालको वनसँग जोडिएका घाँसे मैदानलाई १४ ब्लकमा विभाजन गरी प्रत्यक्ष अवलोकन विधिबाट गणना भइरहेको छ । सन् २०१६ को गणनाअनुसार पर्सा र चितवन राष्ट्रिय निकुञ्जमा गरी ४७३ गौरी गाई रहेकामा चितवनमा ३६८ छन् ।

    सन् १९५० को दशकमा उदयपुर तथा कोशी टप्पु क्षेत्रमा प्रशस्त पाइने यो पछिल्ला दिनमा देखिन छाडेको छ । सन् २०११ को गणनामा ३१२ वटा थिए । नेपाल र भारतसमेत दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका ११ देशमा यसका ३ उपप्रजाति पाइन्छ । विशेष गरी सुख्खा भागमा बस्न रुचाउने यसको सरदर आयु २० देखि ३० वर्ष हुन्छ ।

    ठूलो झुण्डमा बस्न रुचाउने यो वन्यजन्तु कहिलेकाँही बाघको शिकारमा पनि पर्ने गरेको छ । भाले गौरी गाई ६०० देखि १००० किलोग्रामसम्म हुछन् । प्रायः एउटा हुलमा ८ देखि ११ वटा गाई रहने गर्छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    • नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    • नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.