सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओमानको मस्कटबाट ६०० अक्सिजन सिलिण्डर शनिबार ल्याइने


  •    न्युजभित्तो/३० बैशाख २०७८, बिहीबार १२:०५ 
  • काठमाडौँ, ३० वैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ ।

    गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिबार मस्कट जाने तयारीमा रहेको जनाइएको छ ।

    निगमका महाबवन्धक डिमप्रकाश पौडेलले शनिबार मस्कटबाट अक्सिजन सिलिण्डर ल्याइने र सोही दिन साँझ चीनको बेइजिङमा सङ्कलित करीब ४०० थान अक्सिजन कन्सन्टे«टर ४०० थान सिलिण्डर र अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार सिलिण्डरका अलावा चीनबाटै आठ अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ । सो प्रयोजनका निम्ति निगमको जहाज बेइजिङ पठाइनेछ । एनआरएनएका अध्यक्ष कुमार पन्तले बुधबार सामाजिक सञ्जालमा पोष्ट गर्दै नेपालमा कोरोना बिरामीलाई अक्सिजन पुयाउन कठिन भएका बेला संस्थाले चीनबाट १०० अक्सिजन कन्सन्ट्रेटर र ओमानबाट ५५० सिलिण्डर शनिबारसम्म काठमाडौँ पुयाउने प्रयासमा रहेको जनाउनुभएको छ ।

    ओमानपछि हरेक दिन ५५० थान सिलिण्डर उत्पादन हुने भएकाले प्रतिदिन नै वाइड बडी ए ३३० जहाज बेइजिङ पठाइने उहाँले बताउनुभयो । निगमले अन्यत्र उपलब्ध हुन सक्ने सामान ल्याउन निगमका सबै जहाज तयारी अवस्थामा राखिएको जनाएको छ ।

    नेपाल सरकारका सम्बद्ध सबै निकायको सक्रियतामा आगामी १०– १२ दिनमा अक्सिजनको समस्या समाधान हुने निगमले विश्वास लिएको छ । निगमको वाइड बडी जहाजले यसअघि यही वैशाख २८ गते चीन सरकारले अनुदानमा दिएको ४०० थान अक्सिजन सिलिण्डर, १० थान भेण्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा चीनबाट अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री ल्याइएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    • नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    • नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.