सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘भालिवाङ जलविद्युत् आयोजना दोस्रो’ सञ्चालनमा


  •    न्युजभित्तो/३० बैशाख २०७८, बिहीबार ११:५३ 
  • बलेवा, ३० वैशाख । ढोरपाटन नगरपालिका–९ खुँगाका दीर्घलाल गैरेको घरमा अहिले झिलिमिली बत्ती छ । धिपधिप बल्ने बत्ती बालेको लामो समयपछि उहाँको घर भिलिमिली भएको हो । खुँगामा केन्द्रिय प्रसारण लाइन पुगेको छैन ।

    स्थानीय तमानखोलाबाट केही वर्षअघि निकालिएको बिजुली गाउँभरि बाँड्दा कहिले बत्ती उज्यालो बल्थ्यो भने कहिले धिपधिप । खुँगामा केही वर्षपहिले ‘भालिवाङ जलविद्युत् आयोजना पहिलो’ सञ्चालन थियो । तीस किलोवाट क्षमताको उक्त आयोजनाले गाउँमा विद्युत् नपुगेपछि अहिले सोही खोलामा भालिवाङ जलविद्युत् आयोजना दोस्रो सञ्चालनमा आएको गैरेले बताउनुभयो । तमानखोलामा निर्माण भएको उक्त आयोजनाले ढोरपाटन–४ खुँगाका गाउँहरु भिलिमिली बनाएको हो ।

    “पहिलेको आयोजना निकै टाढाबाट नहर निर्माण गरेर ल्याइएको थियो, बेलाबेलामा समस्या आइरहन्थ्यो”, गैरेले भन्नुभयो, “अहिले ८० मिटरको नहर छ, १०० किलोवाट बिजुली निस्किएको छ ।” आयोजना निर्माणमा रु चार करोडभन्दा बढी लगानी भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक अनुदान, नगरपालिकाअन्र्तगत वडाको बजेट र स्थानीय जनताको जनश्रमदान गरी रु चार करोडभन्दा बढी लगानी लागेको आयोजनाका प्रबन्धकसमेत रहेका गैरेले बताउनुभयो ।

    यहाँ उत्पादन भएको विद्युत्ले खुँगाको छोरेगाउँ, सोरबाङ, भालिवाङ र खुँगा गाउँलाई उज्यालो पुगेको छ । पहिलेको आयोजनाले गाउँलाई बिजुली अपुग भएपछि फेरि नयाँ योजना ल्याइएको आयोजनाका अध्यक्ष गणेश थापाले बताउनुभयो । आयोजनाले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट पाउनुपर्ने केही रकम भने अझै पाएको छैन । भालिवाङ जलविद्युत् आयोजना निर्माणमा केन्द्रको रु दुई करोड आठ लाख अनुदान सहयोग रहेको छ । वडा कार्यालयबाट रु ९० लाख विनियोजन गरिएको वडाध्यक्ष तिलक पुनले बताउनुभयो ।

    खुँगाका ३८८ घरधुरी लाभान्वित हुनेगरी निर्माण गरिएको जलविद्युत् आयोजना निर्माणका लागि स्थानीय उपभोक्ताबाट प्रतिघरधुरी रु पाँच हजारका दरले नगद सङ्कलन गरिएको थियो । स्थानीयवासीले श्रमदानसमेत गरेको वडा कार्यालयले जनाएको छ ।

    गाउँमा विद्युत् उत्पादन भएपछि स्थानीयस्तरमा चल्ने मिल, फर्निचर उद्योग, टेलिकम टावर, कुखुरा फार्मलगायतका उद्योगहरुका लागि सहज भएको छ । सञ्चारका साधनहरु चलाउन स्थानीयवासीलाई सहज भएको स्थानीय उपभोक्ता वीरसिंह छन्त्यालले बताउनुभयो ।

    बागलुङको कर्णाली भनेर चिनिने ढोरपाटनको खुँगा गाउँका स्थानीयवासी अहिले निकै खुसी छन् । बुर्तिबाङ बजारमा यसै वर्ष पुगेको केन्द्रिय प्रसारण लाइन गाउँमा पुग्न केही समय लाग्ने भएकाले भालिवाङ दोस्रो आयोजनाले गर्जो टारेको वडाध्यक्ष पुनले बताउनुभयो ।

    “केन्द्रिय प्रसारण लाइनका लागि हामीले पहलकदमी गरेका छौँ, तत्कालको समस्या यो आयोजनाले पूरा गरेको छ”, पुनले भन्नुभयो, “केन्द्रिय प्रसारण लाइनको पहुँच पुग्दा पनि साना आयोजनाको उपयोग गर्ने योजना बनाएका छौंँ ”।

    पश्चिम बागलुङका ढोरपाटन, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका अधिकांश बस्तीमा स्थानीय खोलामा उत्पादन भएका लघु जलविद्युत् आयोजनाहरुबाटै विद्युत् आपूर्ति हुने गरेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    खलामा धान भर्दै स्थानीय सरकार
    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    • प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    • आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.