सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग


  •    न्युजभित्तो/३० बैशाख २०७८, बिहीबार १०:४९ 
  • काठमाडौँ, ३० वैशाख । नेपाल प्रेस युनियन काठमाडौँ शाखाले कोरोना सङ्क्रमणको समयमा कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

    नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएसँगै युनियन काठमाडौँ शाखाले उपत्यकाका विभिन्न सञ्चारगृहमा पुगेर कार्यक्षेत्रमा खटिएका पत्रकारलाई मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

    युनियनले बुधबार प्राइम टाइम्स टेलिभिजन, हिमालय टेलिभिजन तथा एपिवान टेलिभिजनमा कार्यरत पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरेको शाखाका अध्यक्ष जगन्नाथ दुलालले राससलाई जानकारी दिनुभयो । काठमाडौँ शाखाले आगामी दिनमा एभिन्यूज, ग्लोबल, इमेजलगायतका सञ्चारगृहमा स्वास्थ्य सामाग्री वितरण गर्ने जनाएको छ ।

    अध्यक्ष दुलालका अनुसार ५०० प्रति मास्क र १० बोतल स्यानिटाइजर वितरण गरिनेछ । गत वर्ष कोरोना सङ्क्रमणको बेलामा प्रेस युनियन काठमाडौँ शाखाले काठमाडौँमा क्रियाशील ४०० भन्दा बढी पत्रकारलाई प्रेस लेखिएको पहेँलो ज्याकेट वितरण गरेको थियो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    • नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    • नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.