सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालमा कोभिड शय्या र जनशक्ति थप


  •    न्युजभित्तो/२९ बैशाख २०७८, बुधबार ११:०९ 
  • चितवन, २९ वैशाख । भरतपुर अस्पतालले कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएपछि शय्या र जनशक्ति थप गरेको छ । अस्पतालले १३६ चिकित्सक स्वास्थ्यकर्मी करारमा नियुक्त गरेको छ भने ५५ शय्या थप गर्दैछ ।

    अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार हाल कायम १४५ शय्यामा ५५ थप गरी २०० पुयाउन लागिएको हो ।

    हाल अस्पतालमा १४५ शय्या भरिएका छन् । अस्पतालको अन्य बिरामीका लागि छुट्याइएको १० शय्याको सघन उपचारकक्षलाई कोभिडका लागि छुट्याइने भएको छ । अन्य बिरामीका लागि पोष्टअपमा व्यवस्थापन गरिँदै छ । पैँतीस शय्याको अब्जर्बेशन वार्ड र क्याबिनका केही शय्या कोभिडका लागि प्रयोग गरिँदै छ । अस्पतालले माग गरेको जनशक्ति व्यवस्थापन गरी दुई दिनभित्रमा शय्या थप गरिँदै छ । यसैगरी अस्पतालले स्वास्थ्य मन्त्रालयको स्वीकृति लिएर १३६ जना जनशक्ति थप गरेको छ ।

    तीमध्ये १०८ नर्स, २४ मेडिकल अफिसर, तीन रेडियोग्राफर र एक बायोइञ्जिनीयर रहेका छन् । उनीहरूलाई करारमा नियुक्त गरिएको अधिकारीले जानकारी दिनुभयो । एक सय आठ नर्समध्ये ८० अस्पतालमा दैनिक ज्यालादारीमा कार्यरतबाट र २८ नयाँ नियुक्त गरिएको हो । यस्तै २४ मेडिकल अफिसरमध्ये २१ अस्पतालको दैनिक ज्यालादारीबाट र तीन जना नयाँ लिइएको अस्पतालले जनाएको छ ।

    जिल्लाका अस्पतालमा बिरामीले शय्या पाउन सकेका छैनन् । सघन उपचारकक्ष भरिएका छन् । सघन उपचारकक्षको प्रतीक्षामा बिरामी आकस्मिक कक्षमा रहेका देखिन्छन् । जिल्लाका अस्पतालमा अहिले ४३० बिरामी उपचाररत रहेका छन् । तीमध्ये २४० सघन उपचारकक्षमा, एचएफएनसीमा ४९, एचडीयुमा ६३ र आइसोलेसनमा १२७ जना रहेका छन् । जिल्लामा हालसम्म १० हजार १९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये सक्रिय सङ्क्रमित दुई हजार ९०९ रहेका छन् । सक्रिय सङक्रमित २०० अस्पतालको आइससोलेशनमा र दुई हजार ७०९ होमआइसोलेशनमा छन् ।

    स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म सात हजार १४५ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने १४५ को मृत्यु भएको छ । जिल्लामा भेटिएका सङ्क्रमितमध्ये चार हजार ३६७ महिला र पाँच हजार ८२७ पुरुष रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    • नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    • नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.