सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनताको उपचार को ग्यारेन्टी खै भन्ने नारासहित जिल्ला प्रशासन कार्यालयमा युवाहरुको ध्यानाकर्षण


  •    न्युजभित्तो/२८ बैशाख २०७८, मंगलवार १५:५९ 
  • भरतपुर,२८ वैशाख । चितवनमा कोरोना महामारी नियन्त्रणमा जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिका गम्भीर नभएको भन्दै युवाहरुले मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडी प्ले कार्डसहित प्रदर्शन गरेका छन्।

    युवाहरुले ‘यो महामारीमा दायित्व स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मात्रै ?’, ‘आइसियू नभएर जाँदै छ ज्यान, सिडिओ साबको कता छ ध्यान’, ‘महामारीको पूर्व तयारी खोइ ?’, ‘देशकै मेडिकल सिटीमा, जनता मर्नुपर्ने अस्पतालको पेटीमा’ लगायतका नारा लेखिएका प्लेड कार्ड बाकेको थिए ।

    चितवनका युवाहरुको प्रतिनिधित्व गर्दै १० जनाले प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको उनीहरुले बताएका छन्। कोरोना नियन्त्रण र संक्रमितको उपचार तथा व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिकाले वेवास्ता गरिरहेको युवाहरुको गुनासो छ । युवाहरुको समूहले चौविसकोठीमा कोरोना हेल्प डेस्क राखेर विरामीको उपचारमा सहयोग गरिरहँदा महानगर भने निरीह बनेर बसेको उनीहरुको आरोप छ ।

    अक्सिजन र आइसियू बेडको अभावमा संक्रमितहरु दिनदिनै मर्ने क्रम बढेकाले संक्रमितको उपचारलाई प्रभावकारी बनाउन माग गर्दै प्रदर्शन गरिएको प्रदर्शनमा सहभागी सन्तोष पन्तले बताए । ‘महानगर र जिल्ला प्रशासनलाई खबर गरिरहेका छौँ’, उनले भने, ‘भरतपुरलाई मेडिकल सिटी भनेर चिनिन्छ । तर यहिँ आइसियू र भेन्टिलेटर मात्रै होइन सामान्य बेड पनि नपाएर बिरामी मर्नुपर्ने अवस्था छ ।’

    जिल्लाका अस्पतालहरुले बाहिरी जिल्लाका बिरामीलाई समेत उपचार सेवा दिनुपर्ने अवस्था रहेकाले एउटा नयाँ कोभिड अस्पताल बनाउनुपर्ने उनले बताए । ‘भरतपुर महानगरपालिका त एकदम निरीह नै देखिएको छ । कुनै काम गर्न सकेको छैन । बरु हामीले हेल्प डेस्क मार्फत दुई सय बढी विरामीलाई सहयोग गरेका छौँ’, उनले भने । चितवनमा निषेधाज्ञा लगाएको आज १२ दिन भइसकेको छ ।

    ६ जना युवाहरु मिलेर पाँच दिन अघि चौविसकोठीमा हेल्प डेस्क सञ्चालनमा ल्याएका हुन् । जिल्लाका विभिन्न स्थानमा वेवारिसे रहेका ५० वटा अक्सिजन सिलिण्डर संकलन गरेर अत्यावश्यक परेका विरामीहरुलाई वितरण गरिएको अर्का युवा अमृत काफ्लेले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    • नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    • नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.