सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहमा आइसोलेसन कक्ष तयार


  •    न्युजभित्तो/२८ बैशाख २०७८, मंगलवार १४:२४ 
  • चौतारा, २८ बैसाख । कोभिड–१९ को दोस्रो लहर शुरु भई सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुँदै गएपछि सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहमा आइसोलेसन कक्ष तयार गरिएको छ । चौतारामा २५ वटा अक्सिजनसहित २६ शय्या तथा बाह्रबिसे र मेलम्चीमा क्रमशः १० र १२ शय्याको आइसोलेसन कक्ष तयार भइसकेको जनाइएको छ ।

    वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईका अनुसार ९० वटा अक्सिजन सिलिण्डरमध्ये ६३ वटा विभिन्न पालिकामा पठाइएको छ । भोटेकोशी गाउँपालिका–५ को चाकुमा चिकित्सक तथा अक्सिजनसहितको आठ शय्या, वडा नम्बर ४ मा १० शय्याको क्वारेन्टिन तथा सखुवाको नयाँपुलमा हेल्थ डेस्क स्थापना गरी नेपाल प्रहरी र स्वास्थ्यकर्मीको समन्वयमा जाँच शुरु गरएको छ । सङ्क्रमितको लागि तीनवटा एम्बुलेन्स सेवा समेत सञ्चालनमा ल्याइएको छ ।

    पालिका प्रवेश गर्ने सबैको परीक्षण गरी लगत राख्ने काम समेत भइरहेको पालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । कोभिड–१९ सङ्क्रमितको लागि सुनकोशी गाउँपालिकाको खाडीचौरस्थित सदाबहार अस्पतालमा १० शय्याको आइसोलेसन कक्षको व्यवस्था गरिएको छ ।

    त्यसैगरी लिसङ्खु पाखर गाउँपालिकाले डाँडापाखरमा अक्सिजनसहितको १० शङ्या, त्रिपुरासुन्दरी गाउँपालिकाले धुस्कुन, पिस्कर र तौथलीसहित तीन वडामा अक्सिजनसहितको ४५ शय्या र जुगल गाउँपालिकाले ७० शैयाको आइसोलेसन कक्ष तयार गरेको छ ।

    दुई डाक्टर र यथेष्ट स्वास्थ्यकर्मी मौजुद रहेको त्यहाँ आइतबारदेखि नै बिरामीको उपचार भइरहेको गाउँपालिका महासङ्घका अध्यक्ष एवं पालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । पाँचपोखरी थाङपाल गाउँपालिकाले पनि तिपेनीस्थित स्वास्थ्यचौकीमा अक्सिजनसहित १० शय्याको आइसोलेसन कक्ष तयार भएको उपाध्यक्ष सुनिता अधिकारीले बताउनुभयो ।

    हेलम्बु गाउँपालिकाको तीन वडामा ३५ शय्याको आइसोलेसन कक्ष तयार भए पनि सङ्क्रमित बिरामीहरु जान नचाहेपछि सबै आफ्नै घरमा आइसोलेसनमा बस्दै आएको पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । त्यस्तै इन्द्रावती गाउँपालिकाले पनि सिपापोखरेमा १३ शय्याको आइसोलेसन कक्ष तयार गरेको छ । अक्सिजन तथा चिकित्सक र नर्ससहितले सेवा प्रदान गर्ने गाउँपालिका महासङ्घका महासचिव एवं पालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो ।

    जिल्लामा कोरोना भाइरस सङ्क्रमणबाट तीनजनाको मृत्यु भएको र सङ्क्रमितको सङ्ख्या ४१७ पुगेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यसैबीच जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा थप कडाइ गरेको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.