सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लहानस्थित सिग्राही मटियर्वामा लुटपाट


  •    न्युजभित्तो/२८ बैशाख २०७८, मंगलवार १४:१९ 
  • लहान, २८ वैशाख  । सिरहाको लहान नगरपालिका–१ सिग्राही मटियर्वास्थित इन्द्रदेव ठाकुरको घरबाट ठूलो परिमाणमा धनमाल लुटपाट भएको हो । मध्यरात सात÷आठ जनाको समूहमा आएका लुटेरा समूहले नगद रु ६ लाख र गरगहनासमेत गरी करीब रु १० लाख मूल्य बराबरको धनमाल लुटेर लगेको पीडित परिवारले बताएको छ ।

    लुटेराहरू भयाङको सहायताले छत हुँदै घरमा प्रवेश गरेको र आफ्ना दुई छोराको कञ्चटमा पेस्तोल राखी दराजको साँचो खोसेर नगद रु ६ लाख र छोरी–बुहारीले लगाएको २ तोला जति सुन र २० तोला चाँदी लुटेर लगेको ठाकुरले जानकारी दिनुभयो ।

    लुटेराले घरका सबै सदस्यको मोबाइल कब्जामा लिएका थिए । केही बोले मारिदिने धम्की दिएको ठाकुरले समयमा प्रहरीलाई खबर गर्न नसकिएको ठाकुरको भनाइ छ ।

    लुटेराहरू गइसकेपछि मात्रै घटनाबारे छिमेकी र प्रहरीलाई जानकारी गराएको उहाँले बताउनुभयो । सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो ।

    लुटपाटमा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । गाई काटेको आरोपमा पक्राउ गाई काटेको अभियोगमा सिरहाको लहान प्रहरीले दुईजना पक्राउ गरेको छ भने एकजना फरार भएका छन् । लहान नगरपालिका–२ स्थित मिलन चौकमा गाई काटेको भन्दै स्थानीयवासीले दिएको उजूरीका आधारमा स्थानीय दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका दुवै जनाको नाममा खुलाउँदा अनुसन्धानमा असर पर्न सक्ने भन्दै प्रहरीले नाम खुलाउन चाहेन । मासु प्रयोजनका लागि गाई काटेको भन्दै स्थानीयवासीले प्रहरीमा उजूरी दिएपछि घरमूली फरार भए पनि उहाँको पत्नी र सालोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो । पक्राउ परेका दुवैमाथि मुद्दा चलाइएको र फरारको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.