सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अबको रणनीति बनाउन नेपाल पक्ष आन्तरिक छफलमा बैठक बस्दै


  •    न्युजभित्तो/२८ बैशाख २०७८, मंगलवार १३:४३ 
  • काठमाडौं,२८ बैशाख । सांसद पदबाट राजीनामा नदिई संसदमा अनुपस्थित भएको नेकपा एमालेको माधव नेपाल पक्ष अबको रणनीति बनाउन आन्तरिक छफलमा जुटेको छ । नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुबीच आज अबको रणनीति के हुने भन्ने बारे छलफल हुन लागेको हो ।

    भौतिक रूपमा जम्मा भएर बैठक बस्न सम्भव नभए पनि भर्चुअल बैठक बसेर अबको निकासका सन्दर्भमा छलफल हुने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले  बताइन् ।

    ह्वीप उल्लंघन गरेर अनुपस्थित भए पनि एमालेले माधव नेपालसहित २८ सांसदमाथि तत्काल कारवाही नगर्ने देखिएको छ । वैकल्पिक सरकार गठनको प्रक्रियामा सघाउ पुग्ने भएकाले तत्काल कुनै कारवाही नगरिने बरु नेपाल पक्षका सांसदलाई व्यक्तिगत रूपमा कुराकानी गरेर संस्थापन पक्षमा तान्ने प्रयास भइरहेको स्रोतले जनाएको छ ।

    ओलीले संसदमा आफूविरुद्ध बहुमत नपुग्ने सुनिश्चत गरेपछि कारवाही गर्न सक्ने आँकलन नेपाल पक्षको छ । शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले माधव नेपाललाई भेटेर राजीनामा दिने वा नदिने प्रष्ट धारणा दिन आग्रह गरेका छन् ।

    नेपाल पक्षमा राजीनामाको विषयमा सर्वसम्मत हुन नसकेपछि सोमवारको बैठकमा केही नेताबीच भनाभन नै परेको स्रोतले जनाएको छ । आज देउवाले आयोजना गरेको सर्वदलीय बैठकमा माधव नेपाललाई पनि बोलाइएको थियो ।

    तर, सबै पक्षमा आन्तरिक छलफलपछि मात्र बैठक बस्ने भएको छ । नेपाल पक्षमाथि चाँडो निर्णय लिन दबाब छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.