सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पार्टीभित्रको अनुशासनहीनता अन्त्य हुन्छ : देउवा


  •    /३ बैशाख २०७६, मंगलवार १९:०३ 
  • महेन्द्रनगर

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको अनुशासनहीनता अन्त्य गर्न प्रतिवद्ध रहेको बताएका छन् । उनले पछिल्लो निर्वाचनका क्रममा पार्टी भित्र भएको अन्तरघातलाई आगामी चुनावमा दोहोर्‍याउन नदिने बताए।

    महेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले पार्टी भित्र गठन भएको केन्द्रीय अनुशासन समितिले अन्तर्घात र गुटउपगुट प्रवृत्तिबिरुद्ध निष्पक्ष अनुसन्धान गरी कारबाही सिफारिस गर्ने विश्वास व्यक्त गरे ।

    प्रजातान्त्रिक पार्टीमा गुट हुनु सामान्य रहेपनि कम्युनिष्ट पार्टीमा पनि गुटगत राजनीति देखापरेको कांग्रेस सभापति देउवाको टीप्पणी थियो । सरकारप्रति कटाक्ष गर्दै सभापति देउवाले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसकेको आरोप लगाए ।

    निर्मला हत्या घटनाको ९ महिना बितिसक्दा पनि अपराधी पक्राउ गर्न नसक्नु सरकारको कमजोरी रहेको सभापति देउवाले बताए । सरकारले प्राज्ञिक क्षेत्रदेखि प्रेससम्म जताततै अनावश्यक हस्तक्षेप गरि लोकतन्त्रको मर्म विपरित काम गरिरहेको आरोप पनि लगाए ।

    देउवाले नेक्रवित्रम चन्द समुहलाई प्रतिवन्ध लगाएर सरकारले द्वन्द्व र विवाद चर्काउनु भन्दा वार्ताका माध्यमबाट समस्या समाधान गर्नु पर्ने धारणा राखे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मदन–आश्रितप्रति दासढुंगामा यसरी व्यक्त गरियो श्रद्धासुमन
    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    • गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.