सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गण्डकीमा २४ घन्टा नबित्दै १२ को मृत्यु


  •    न्युजभित्तो/२८ बैशाख २०७८, मंगलवार १३:११ 
  • पोखरा,२८ वैशाख । गण्डकीमा पछिल्लो २४ घन्टा नबित्दै १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका छन् ।

    निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा कास्कीका मात्रै ६ जना छन् ।

    शर्माका अनुसार पोखरा महानगर १ का ६८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा १६ की ६० वर्षीय महिलाको पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरा ६ का ५२ वर्षीय पुरुषको फिस्टेल अस्पताल, पोखरा ६ कै ३२ वर्षीय महिलाको गण्डकी मेडिकल कलेज, पोखरा ८ का ६५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल र २१ का ८० वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो ।

    त्यस्तै, पछिल्लो एकदिनमा मृत्यु हुनेमा म्याग्दी ५२ र ६० वर्षीय पुरुष, स्याङजाका ६८ वर्षीय पुष, तनहुँका ५७ वर्षीय पुरुष, रुपन्देहीका ५५ वर्षीय महिला र ४० वर्षीय पुरुष छन् । उनीहरुसबैको पोखरामा उपचारका क्रममा निधन भएको हो ।

    योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८८ पुगेको छ । पछिल्लो बैशाखयतामात्रै गण्डकीमा ८० जना संक्रमितको मृत्यु भइसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.