सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

युरोपका नेपालीलाई पत्रकारिता तालीम


  •    न्युजभित्तो/२८ बैशाख २०७८, मंगलवार १३:०५ 
  • विराटनगर, २८ वैशाख  । युरोपमा रहेका नेपालीका लागि नेपाल पत्रकार महासङ्घ, युरोप शाखा र नेपाल प्रेस इन्स्टिच्युटले संयुक्त रुपमा हिजो वैशाख २७ गतेदेखि एक महिना लामो पत्रकारिता तालीम शुरु गरेको छ ।

    जुम प्रविधिबाट शुरु भएको तालीमको उद्घाटन गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले मुलुकबाहिर रहेर पनि नेपाली भाषाको उत्थान र मातृभूमिको विकासका लागि पत्रकारहरुले गरेको योगदान सराहनीय रहेको बताउनुभयो । ‘‘परिस्थितिले विदेशलाई कर्मभूमि वनाउन पुगेका नेपालीका साथ जुमको माध्यमबाट एकै पृष्ठमा उपस्थित हुन पाउँदा ‘ग्लोबल भिलेज’को सही अभ्यास भएको अनुभव गरिरहेको छु’’ अध्यक्ष पोखरेलले भन्नुभयो ।

    पत्रकार महासङ्घ युरोप च्याप्टरका अध्यक्ष सरस्वती कार्कीको अध्यक्षतामा भएको तालीमको उद्घाटन सत्रमा बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा, गैरआवासीय नेपाली सङ्घ, युरोपका संयोजक नारायण आचार्य, युरोप शाखाकै उपाध्यक्ष लक्ष्मण देवकोटा, लेखक दर्पण गौतम, नेपाल प्रेस इन्ष्टिच्युटका कार्यकारी निर्देशक लक्ष्मण उप्रेती र प्रशिक्षक कपिल काफ्लेले सम्बोधन गर्नुभएको थियो ।

    पत्रकारिता तालीमको उद्देश्य नेपाली लेखनमा रुचि राख्ने सहभागीलाई आमसञ्चार र पत्रकारिताका विषयमा आधारभूत अवधारणा तथा ज्ञान प्रदान गरी समाचार, आलेख र सिर्जनात्मक लेखन तयार पार्नसक्ने वनाउनु रहेको छ । सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका प्रमुख वीरेन्द्र शर्माले बताउनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.