ओलीको पक्षमा ९३, विपक्षमा १२४, १५ तटस्थ (एमालेका अनुपस्थित हुनेहरुको सूचिसहित)
न्युजभित्तो/२७ बैशाख २०७८, सोमबार १८:०६
काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्वास गुमाउनु भएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्मा अस्वीकृत भएको हो । ओलीले राखेको प्रस्तावको पक्षमा ९३ जना सांसदले मतदान गरेका थिए । विपक्षमा १२४ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाका (उपेन्द्र यादव बाबुराम भट्टराई) समूहका सांसदले मत दिएका छन् ।
तटस्थ १५ मत परेका छन् । एमालेका झलनाथ खनाल माधवकुमार नेपाल समूहका २७ सांसद अनुपस्थित रहेका छन् । आजको मतदानमा जम्मा २ सय ३२ जना सांसद सहभागि थिए ।
एमालेका अनुपस्थित सांसद
नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार गरेका छन् । संसदीय दलको ह्वीपविपरीत माधव नेपाल, झलनाथ खनालसहित २० जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका हुन् ।

अनुपस्थित हुने सांसदहरू :
१. योगेश भट्टराई
२, झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५.जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३.पुष्पाकुमारी कर्ण
२४ं .कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने