सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसद् विघटन गर्ने प्रधानमन्त्रीलाई विश्वासको मत माग्ने अधिकार छैन : अध्यक्ष दाहाल


  •    न्युजभित्तो/२७ बैशाख २०७८, सोमबार १६:२९ 
  • काठमाडौँ, २७ वैशाख । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटन गर्ने प्रधानमन्त्रीलाई सदनमा विश्वासको मत माग्ने अधिकार नै नरहेको बताउनुभएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वास छ भनी प्रष्ट पार्न आह्वान भएको प्रतिनिधिसभाको अधिवेशनमा भाग लिँदै उहाँले प्रधानमन्त्रीबाहेक सबैले प्रस्तावका विपक्षमा मतदान जाहेर गरेमा संविधान र लोकतन्त्रको रक्षा हुने धारणा राख्नुभयो । पार्टी संसदीय दलका नेता दाहालले भन्नुभयो, “विघटन गर्ने व्यक्तिलाई सांसदसँग विश्वासको मत माग्ने अधिकार छ र प्रधानमन्त्रीजी ? फेरि पनि मध्यावधिमा सरकार जाने हो कि भन्ने जनताको संशय र प्रश्न छ ।

    ” विश्वासको मत र अधिवेशन बोलाउने तरिका पनि स्वाभाविक र तर्कसंगत नदेखिएको बताउँदै अध्यक्ष दाहालले विगतका गलत परम्परा र विसङ्गति दोहरिन दिन हुन्न भन्ने मान्यताका साथ संविधान बनाइए पनि गलत परम्परा पुनरावृत्ति भएको घटनाले आफूलाई दुखित तुल्याएको जनाउनुभयो । देशमा अराजकताको अवस्था नआओस् भनेर वामगठबन्धनको प्रस्ताव आफूले नै राखेको घटना स्मरण गराउँदै अध्यक्ष दाहालले तर आज तीन वर्ष बित्दानबित्दै गठबन्धन र संविधानलाई नै कोरोना लागेर सघन उपचार कक्षमा राखेको जस्तो अवस्थामा पु¥याउने भूमिकाको प्रमुख जिम्मेवार को हो भनी प्रश्न गर्नुभयो ।

    पूर्वप्रधानमन्त्रीले भन्नुभयो, “लोकतान्त्रिक अधिकारकै विषय भएकाले विश्वासको मतको प्रस्ताव आएकामा सम्मान गरेको छु तर प्रधानमन्त्रीलाई यो सदनले विश्वासको मत दिँदैन, वर्तमान सरकार गठन भएयताका समुच्च गतिविधि हेर्दा विश्वासको मत दिने अवस्था देखिन्न ।” दलभित्र नेताबीच भएको लोकतान्त्रिक बहसलाई पार्टीको कचिङ्गल भन्न नमिल्ने बताउँदै उहाँले भन्नुभयो, “देशमा संविधान, राष्ट्रियता र कम्युनिष्ट आन्दोलनमा संकटको कारक म हो कि तपाईँ हो, तथ्यसंगत आधिकारिक प्रमाणित जवाफ तपाईँसँग छैन ।” अध्यक्ष दाहालले प्रधानमन्त्रीले शुभारम्भ गरेको राम रथयात्रा र सभाले कोरोना फैलिन मलजल गरेको विचार पनि राख्नुभयो ।

    बजेट, स्थान र कार्ययोजनाको नै नभई एकपछि अर्काे गर्दै धमाधम आयोजना शिलान्यास गरिएको घटना सुनाउँदै उहाँले प्रधानमन्त्रीलाई सदनबाट विश्वासको मत लिनु थियो भने संवैधानिक परिषद्को बैठकबाट हतारहतार किन संवैधानिक अङ्गमा नियुक्ति गरिएको भनी प्रश्न गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.