सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न : फेरि मध्यावधिमा जान खोजेको त होइन ?


  •    न्युजभित्तो/२७ बैशाख २०७८, सोमबार १५:४६ 
  • काठमाडौं,२७ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि मध्यावधिमा जान विश्वासको मत लिन संसदमा आएको त होइन भनी प्रश्न गरेका छन् ।

    विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा सोमबार भएको छलफलमा भाग लिँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक झगडाका कारण प्रधानमन्त्रीले संसद भंग गरेको स्मरण गरे । संसद भंग गरेर प्रधानमन्त्रीले सांसदहरुलाई जबरजस्ती मर्‍यौं भनेको भन्दै उनले अघि भने, ‘तपाईले विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्रीजी ?’

    सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि प्रधानमन्त्रीले स्वीकार गर्नुभयो होला भन्ने लागेको भएपनि राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा फैसला मान्न तयार नभएको प्रष्ट पारेको उनले बताए । प्रचण्डले अघि भने, ‘आज यदि तपाईले विश्वासको मत प्राप्त हुँदैन । त्यसपछि संविधानको अर्को धारामा जान्छु र सदनलाई फेरि विघटन गर्न र मध्यावधिमा जान आउनु भएको त होइन ?’

    यदि विश्वासको मत लिन चाहेको भए सर्वोच्चले एमाले र माओवादी अलग अलग हुने फैसला गरेपछि नै प्रधानमन्त्री संसदमा आउनुपर्ने उनले बताए । संविधानको धारा ७६(१) बाट (२) को प्रधानमन्त्री भएपछि प्रधानमन्त्री ओलीले त्यतिबेलै विश्वासको मत लिनुको साटो समर्थन किन फिर्ता नलिएको भनेर प्रश्न गरिरहेको प्रचण्डले बताए ।

    समर्थन छिटो फिर्ता लिए फेरि संसद विघटन गर्ने हो कि भन्ने डरले मात्र आफूहरु रोकिएको उनले बताए । अहिले विश्वासको मत लिन आउनु नाटकीय भएको भन्दै उनले भने, ‘के महसुस गर्नुभयो र विश्वासको मत लिन अगाडि आउनुभयो ?

    नीति तथा कार्यक्रम र बजेटका लागि नियमित अधिवेशन बोलाउनुपर्ने बेला विश्वासको मत लिन विशेष अधिवेशन बोलाउनु पनि सन्देहात्मक भएको उनले बताए । प्रचण्डले अघि भने, ‘नियमित अधिवेशन बोलाएर त्यसमै विश्वासको मत लिए हुन्त्यो तपाईंले यो सब छल्न यो (विशेष अधिवेशन) बोलाएको त होइन ?’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.