सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दाङमा पाँच सङ्क्रमितको मृत्यु


  •    न्युजभित्तो/२७ बैशाख २०७८, सोमबार १३:१० 
  • तुलसीपुर, २७ वैशाख । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत पाँच सङ्क्रमितको आइतबार मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक दोर्ण ओलीका अनुसार घोराही उपमहानगरपालिकाका–२, तुलसीपुर उपमहानगरपालिका, बबई र दंगीशरण गाउँपालिकाका एक÷एक जनाको मृत्यु भएको छ ।

    दाङको दंगीशरण गाउँपालिका वडा नं। ६ निवासी ५३ वर्षीया महिलाको आइतबार साँझ पौने ५ः०० बजेतिर मृत्यु भएको हो । उनी यह िवैशाख २४ गते अस्प्तालमा भर्ना भएकी थिइन् । त्यस्तै तुलसीपुर–७ निवासी ५८ वर्षीया महिलाको पनि साँझ पौने ५ः०० बजेतिर मृत्यु भएको हो । उनी यह िवैशाख १९ गतेदेखि अस्पतालमा उपचाररत थिइन् ।

    त्यस्तै घोराही–१४ निवासी ५९ वर्षीय पुरुषको आइतबार साँझ सवा ५ः०० बजेतिर निधन भएको हो । उनी यह िवैशाख २४ गतेदेखि उपचाररत थिए । त्यस्तै घोराही–७ निवासी ४१ वर्षिय पुरुषको आइतबार दिउँसो साढे १२ः०० बजे निधन भएको हो ।

    यस्तै बबई गाउँपालिकाका–४ निवासी २७ वर्षीया महिलाको राति साढे १२ः०० बजेतिर निधन भएको हो । ति महिला शनिबार मात्रै आईसियुमा उपचाररत थिइन् । अन्य चारजना भने एचडियू कक्षमा उपचाररत थिए । उनीहरु सबैमा कोरोनासँगै निमोनिया र श्वाशप्रश्वासमा समेत समस्या रहेको थियो ।

    एक कोरोना सङ्क्रमितको मृत्यु

    रुकुम (पूर्व) : हेलिकप्टरमार्फत उद्धार गरिएको रुकुम ९पूर्व० का एक कोरोना सङ्क्रमितको काठमाडौँमा मृत्यु भएको छ । भूमे गाउँपालिका–५ सेराबाङका ३८ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आइतबार मृत्यु भएको हो । अवस्था जटिल बन्दै गएपछि अस्पतालले अन्यन्त्र सिफारिस गरेको थियो । उनलाई अपराह्न ३ः०० बजे हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँको ग्रान्डी अस्पताल लगिएको थियो ।

    थप दुईको मृत्यु

    राँझा : बाँकेका अस्पतालमा भर्ना भएका थप दुई सङ्क्रमितको गए राती मृत्यु भएको छ । भेरी अस्पतालमा एक र शिक्षण अस्पताल कोहलपुरमा एक गरी थप दुईजनाको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नं। ७ बर्दिया निवासी ४६ वर्षीया महिला र बाँसगढी नगरपालिका वडा नंं ८ बर्दिया निवासी ६८ वर्षीय पुरुष छन् । यही वैशाख २६ गते भेरी अस्पतालमा भर्ना भएकी गुलरिया नगरपालिका वडा नंं ७ बर्दिया निवासी ४६ वर्षीया महिलाको गए राती १०ः०० बजे मृत्यु भएको हो भने यह िवैशाख २६ गते भर्ना भएका बाँसगढी नगरपालिका वडा नंं ८ बर्दिया निवासी ६८ वर्षीय पुरुषको गए राती ११ः५० बजे मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.