सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रशासनद्वारा अक्सिजन सिलिन्डर बुझाउन आग्रह


  •    न्युजभित्तो/२७ बैशाख २०७८, सोमबार १२:०५ 
  • लमजुङ, २७ वैशाख ।  जिल्ला प्रशासन कार्यालयले अक्सिजन सिलिन्डर बुझाउन आग्रह गरेको छ । कोरोना सङ्क्रमणको उच्च जोखिम बढिरहेको र अक्सिजन सिलिन्डर अभाव हुन नदिनलाई प्रशासनले आज एक विज्ञप्ती जारी गर्दै जिल्लाका व्यक्ति, कलकारखाना, उद्योग र संस्थालाई यस्तो आग्रह गरेको हो ।

    सङ्क्रमित दिनहँु बढ्ने क्रममा अक्सिजन जस्तो अत्याश्वक वस्तुको आपूर्ति व्यवस्थापनमा विषेश ध्यान दिनुपर्ने भएकाले जो जोसँग जे जति अक्सिजन सिलिन्डर छन् ति सबै प्रशासनमार्फत स्वास्थ्य कार्यालयमा अबिलम्ब बुझाएर सहयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । जिल्लामा कोरोना सङ्क्रमणको दोस्रो लहरमा कोरोना सङ्क्रमित दिनहुँ वृद्धि हुन थालेको छ ।

    यही वैशाख १ देखि २६ गते अर्थात् आजसम्म १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । जिल्लामा यी सबै र थप हुँदै जाने कोरोना सङ्क्रमित सबैलाई अक्सिजन सिलिन्डरको प्रयोग गर्नुपर्ने भएमा अभाव हुने देखिन्छ । कोरोना सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजन सिलिन्डर अभाव हुन नदिनका लागि जिल्लामा भएका सबै अक्सिजन सिलिन्डर जम्मा गरेर तयारी अवस्थामा राख्दै अभाव हुनबाट जोगाउन लागिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.