सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१८ हजार ओखरका बिरुवा ल्याइँदै


  •    न्युजभित्तो/२७ बैशाख २०७८, सोमबार ११:५३ 
  • डोल्पा २७ वैशाख ।  यहाँ व्यावसायिक ओखर खेतीका लागि च्यान्दलर, फिन्क्वाइटलगायतका जातका अठार हजार बिरुवा खरिद गरि जहाजमा ढुवानी शुरु गरिएको छ ।

    क्षेत्रिय कृषि निर्देशनालय सुर्खेतको रु ९१ लाख ६२ हजार रकम अनुदान कार्यक्रमबाट बिरुवा खरिद गरि आजदेखि जहाजमा ढुवानी शुरु गरिएको हो । आजमात्रै समिट एयरको जहाजमा नेपालगञ्जबाट नौ हजार बिरुवा ढुवानी गरेर जुफाल विमानस्थल झारिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख शरद लामाले जानकारी दिनुभयो ।

    सम्पूर्ण बिरुवा ढुवानीको जिम्मा समिट एयरले लिएकाले बाँकी नौ हजार बिरुवा मङ्गलबार आइपुग्ने लामाको भनाइ छ । एउटा ओखरको बिरुवाको टर्कीबाट खरिद गरि समुन्द्रीमार्ग हुँदै डोल्पासम्म ल्याइ पुयाउँदा रु एक सय नौ परेको कृषि विकास कार्यालयले जनाएको छ ।

    जिल्लाका सम्पुर्ण ओखर पकेट र बल्गमा आवद्ध इच्छुक कृषक तथा समूहका लागि बिरुवा वितरणका लागि आइतबार नै सूचना जारी गरिएको कार्यालयको भनाइ छ । मङ्गलबारदेखि नै बिरुवा वितरण शुरु गरेर तल्लो डोल्पामा पर्ने मुड्केचुला र जगदुल्ला गाउँपालिका पठाइने कृषि कार्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.