काठमाडौं, २७ वैशाख । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिने तयारीमा रहेका माधव नेपाल समूहका सांसदलाई हतारोमा कुनै अनुचित निर्णयमा नजान आग्रह गरेका छन्।
सोमबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले आन्तरिक मतभेद वा असन्तुष्टि भए आपसी छलफलबाट समाधान गर्न सकिने भन्दै हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने भन्दै सांसदहरुको ध्यानाकर्षण गराएका छन। उनले केही समस्या भए सँगै बसेर छलफल गर्दै समाधान गर्न पनि आग्रह गरेका छन्।
ओलीले संसदीय दलका सबै सदस्यलाई प्रधानमन्त्रीले विश्वासको मत लिन प्रधानमन्त्रीको पक्षमा मतदान गर्न पनि आग्रह गरेका छन्।
‘नेकपा एमाले संसदीय दलका सबै माननीय सदस्यलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजे प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ। त्यस प्रयोगजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारीगराइएको छ,’ ओलीले भनेका छन, ‘यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं।’