सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन मेडीकल कलेजमा पाँच सहित ६ जना सङ्क्रमितको मृत्यु


  •    न्युजभित्तो/२७ बैशाख २०७८, सोमबार १०:५१ 
  • चितवन,वैशाख २७ चितवन । मेडीकल कलेजमा उपचाररत पाँच जनाको कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अर्का एक जनाको भरतपुर अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना चितवनका र अन्य वाहिरी जिल्लाका रहेका छन् ।
    भरतपुर महानगरपालिका वडा नम्बर ३ सहिदचोकका ८३ वर्षिय बृद्धाको भरतपुर अस्पतालमा मृत्यु भएको छ । निमोनियाको बिरामी भई बैशाख १६ गते अस्पताल भर्ना भएकी उनमा १७ गते सङ्क्रमण पुष्टि भएको थियो ।
    सङ्क्रमण पुष्टि भए पछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ४ः१० वजे मृत्यु भएको हो ।

    पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ३ का ३९ वर्षिय पुरुषको चितवन मेडीकल कलेजमा मृत्यु भएको छ । निमोनियाको समस्या भई अस्पताल आएका उनमा यही वैशाख २१गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी कोरोना पुष्टि भए संगै २४ गते चितवन मेडीकल कलेजमा उपचारका लागि आएका थिए ।
    उनको अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आईतबार राती ३ वजे मृत्यु भएको हो ।
    नवलपरासीको कावासोतीका एक वृद्धको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती ५ का ६१ बर्षिय पुरुष रहेका छन् । निमोनियाको समस्या आई बैशाख २२ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भए संगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आईतबार राती २ः३० वजे मृत्यु भएको हो ।

    कोरोना सङ्क्रमणका कारण कपिलवस्तुको तौलिहवा नगरपालिका वडा नम्बर १ बस्ने ६० वर्षिय पुरुषको मृत्यु भएको छ । निमोनियाको समस्या भई बैशाख २३ गते चितवन मेडीकल कलेज भर्ना भएका उनमा सोही दिन सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आईतबार राती १ः४० वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का ४० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । निमोनियाको समसया भई बैशाख १७ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा उनको आईतबार राती १०ः ३५ वजे मृत्यु भएको हो ।

    यसै गरी रुपन्देहीकै देवदह नगरपालिका वडा नम्बर ९ का ४१ व्र्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । चितवन मेडीकल कलेजका अनुसार निमोनियाको समस्या भई वैशाख २२ गते अस्पताल भर्ना भएका उनामा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आईतबार राती १०ः३० वजे मृत्यु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.