सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पछिल्लो २४ घण्टामा आठ हजार ७७७ संक्रमित थपिए, चार हजार २२ कोरोनामुक्त, ८८ जनाको मृत्यु


  •    न्युजभित्तो/२६ बैशाख २०७८, आईतवार १८:३१ 
  • काठमाडौं, २६ वैशाख । नेपालमा कोरोनाभाइरसका आठ हजार ७७७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ हजार ७८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ७७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आईतबार कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ९४ हजार ६६७ पुगेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा ५०६ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ७३ जनाको रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।

    मन्त्रालयका प्रवक्ता डा। गौतमले पछिल्लो चौबीस घण्टामा चार हजार २२ जना सङ्क्रमित कोरोनामुक्त भएको बताउनुभयो । उहाँले हाल ८८ हजार १६० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको बताउनुभयो । मन्त्रालयका अनुसार हाल ४१९ जना क्वारेन्टिनमा छन् । पत्रकार सम्मेलनमा प्रवक्ता डा। गौतमले पछिल्लो चौबीस घण्टामा ५२ जना मृत्युको रिपोर्ट प्राप्त भएको र बाँकी विभिन्न स्थानमा ३६ जना थप गरी ८८ जनाको मृत्यु भएको बताउनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.