सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा


  •    न्युजभित्तो/२६ बैशाख २०७८, आईतवार १७:१४ 
  • काठमाडौं,२६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिएका छन्। उनले आइतबार अपरान्ह प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा बुझाएका हुन्। सोमबार उनीविरुद्ध प्रदेशसभामा दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो। सो प्रस्तावमाथि मतदान हुनुअघि नै उनले राजीनामा दिएका हुन्।

    पौडेलविरुद्ध विपक्षी काँग्रेस, माओवादी केन्द्र र जनमोर्चाले अविश्वास प्रस्ताव ल्याएका थिए। केही दिनअघि सो प्रस्तावमाथि मतदान हुनेदिन जनमोर्चाका एकजना सांसद खिमविक्रम शाही ‘बेपत्ता’ भएपछि उनको पद जोगिएको थियो। त्यतिबेला कोरोना संक्रमण भएका शाही अहिले ठिक भइसकेका छन्। जनमोर्चाले साथ नदिने पक्का भएपछि अविश्वास प्रस्तव पारित हुने लगभपग पक्का थियो। अविश्वासको प्रस्तवमाथि छलफल हुनुअघि नै गुरुङले राजीनामा दिएपछि विपक्षीहरुले प्रस्ताव गरेका नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।

    लुम्बिनीका शंकर पोखरेलपछि राजीनामा दिने गुरुङ दोस्रो मुख्यमन्त्री हुन्। पोखरेल राजीनामा दिएकै दिन पुनः मुख्यमन्त्री बनेका थिए। तर, गुरुङको पस्थिति भने फरक छ। लुम्बिनीम पोखरेल मुख्यमन्त्रीमा पुनःनियुक्त हुँदा एमालेको एकल बहुमत थियो। तर गण्डकीमा एमालेको एकल बहुमत छैन। तर, सबैभन्दा ठूलो पार्टी भने हो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.