सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना रोकथामका लागि माधव नेपालको १३ बुँदे अपिल, सामाजिक तथा सांस्कृतिक कार्यहरु स्थगन गर्न आव्हान


  •    न्युजभित्तो/२६ बैशाख २०७८, आईतवार १५:४७ 
  • काठमाडौं, २६ वैशाख । नेकपा एमालेका नेता माधवकुमार नेपालले देशमा बढ्दो कोरोना संक्रमण रोकथामका लागि सामाजिक तथा सांस्कृतिक कार्यहरु स्थगन गर्न आव्हान गरेका छन ।

    नेता नेपालले सामाजिक संजालमा आइतबार दिउसो १३ बुँदे अपील सार्वजनिक गर्दै सामाजिक रुपमा हुने विवाह, पूजा, भेला, बैठक वा सांस्कृतिक कार्य केही समयलाई स्थगन गर्न आह्वान गरेका हुन ।

    कोरोनाको भ्याक्सिन खरिदमा कमिसन नमिलेका कारण मुलुकभित्र ल्याउन अवरोध गर्नु मानवताविरोधी कार्य र अपराध हो भन्दै नेता नेपालले सरकारले त्यस्ता पक्षलाई कानूनी दायरामा ल्याएर तत्काल कारबाही गर्न माग गरेका छन ।

    ‘कोरोनाको भ्याक्सिन जस्तो जनताको जीवन रक्षाको कुरालाई निजी नाफा र लुटको व्यापारिक उद्देश्यसहित निजी क्षेत्रलाई दिने कार्य तत्काल बन्द गर्न अनुरोध गर्दछु ।’ नेता नेपालले भने ‘कोरोना भ्याक्सिन निशुल्क र सर्वसुलभ हुनुपर्छ, त्यसको प्रबन्ध गर्ने योजना ल्याउन सरकार समक्ष अनुरोध गर्दछु ।’

    यस्तो छ नेता नेपालको अपील

    १. कोरोनाको भ्याक्सिन खरिदमा कमिसन नमिलेका कारण मुलुकभित्र ल्याउन अवरोध गर्नु मानवताविरोधी कार्य र अपराध हो । सरकारले त्यस्ता पक्षलाई कानूनी दायरामा ल्याएर तत्काल कारबाही गर्न जोडदार माग गर्दछु । साथै कोरोनाको भ्याक्सिन जस्तो जनताको जीवन रक्षाको कुरालाई निजी नाफा र लुटको व्यापारिक उद्देश्यसहित निजी क्षेत्रलाई दिने कार्य तत्काल बन्द गर्न अनुरोध गर्दछु । कोरोना भ्याक्सिन निशुल्क र सर्वसुलभ हुनुपर्छ, त्यसको प्रबन्ध गर्ने योजना ल्याउन सरकार समक्ष अनुरोध गर्दछु ।

    २. देशभरका अस्पतालहरुमा अक्सिजन र शैया अभावका कारण भयावह अवस्था सिर्जना भएको छ । कोरोना संक्रमण र मृत्युदरमा भइरहेको बृद्धिले भयावह अवस्थाको प्रष्ट चित्रण गर्छ । यसबाट जनमानसमा आक्रोश बढिरहेको तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु । अत्यावश्यक अक्सिजन र अन्य उपकरणको तत्काल व्यवस्था गर्न जोडदार माग गर्दछु । नयाँ अक्सिजन प्लान्ट स्थापनाका साथै बन्द अवस्थामा रहेका अक्सिजन प्लान्टहरु तुरुन्त चालू गरी अस्पतालहरुलाई आवश्यक मात्रामा अक्सिजन उपलब्ध गराउने दायित्व सरकारको हो ।

    ३. कुन अस्पतालमा शैया खाली छ, कुनमा छैन भनेर थाह पाउन मुस्किलप्रायः छ । त्यसैले एकीकृत सूचना प्रणालीका लागि बेवसाइट र एप्स लगायतका अन्य सञ्चार प्रबन्ध मिलाउन र सोही अनुसार सेवा दिन माग गर्दछु । अहिले समाजसेवी लगायत धेरै निकाय तथा संघ–संस्थाहरुले स्वःस्फूर्तरुपमा विभिन्न सेवा प्रदान गरी एम्बुलेन्स, सवारीसाधनको व्यवस्थापन, राहतका कार्यक्रम आदि अगाडि बढाएको देखिन्छ । ती सबै सेवाहरुलाई एकीकृत रुपमा अघि बढाउन आह्वान गर्दछु ।

    ४. कोरोनाको हाइ स्पटका रुपमा रहेका क्षेत्रहरुमा कडाइ गरिनुपर्दछ । Contract Tracing लाई बढाउँदै लग्नुपर्दछ । PCR, Swab Testing लगायत विज्ञहरुले सुझाएका पक्षहरुलाई तुरुन्तै कार्यान्वयन गरिनुपर्दछ । संक्रामक रोगका विज्ञहरुलाई समेटेर संयन्त्र बनाई महामारी रोक्ने र स्वास्थ्य सेवा मिलाउने कार्य गरिनुपर्छ ।

    ५. अहिले अस्पतालहरुले धान्न नसक्ने गरी बिरामी बढेका छन् । अस्पताललाई आवश्यक सबैखाले श्रोत साधनहरुको पर्याप्त व्यवस्था गरिनुपर्दछ । ICU, भेन्टिलेटर लगायतका बेडहरु थप्ने कार्य हुनुपर्छ । यसका लागि रार्ष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय र संघ–संस्थाहरुलाई आह्वान गर्नुपर्दछ । स्वास्थ्यकर्मीलाई PPE लगायतका अत्यावश्यक सामग्रीहरु पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्छ ।

    ६. स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी आदि जो बिरामीहरुको उपचार कार्यमा संलग्न छन्, उनीहरुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्याउनुपर्दछ । उनीहरुलाई १०० प्रतिशत प्रोत्साहन भत्ता र बीमाको प्रबन्ध गरी आफ्नो कार्यमा लाग्न प्रोत्साहित गरिनुपर्दछ ।

    ७. कोरोना नियन्त्रणका लागि प्रत्येक स्थानीय सरकारहरुलाई तत्काल आवश्यक बजेट उपलब्ध गराई क्वारेन्टाइन, आइसोलेसन, एम्बुलेन्स र अन्य सवारीसाधन व्यवस्थापन लगायतका पक्ष व्यवस्थित रुपमा गरिनुपर्दछ ।

    ८. धेरै जसो जिल्लामा निषेधाज्ञा जारी भएको अवस्थामा श्रमिक, अतिविपन्न र सीमान्तकृत समुदायलाई दैनिक रुपमा छाक टार्न मुस्किल पर्ने हुँदा उनीहरु लक्षित राहत प्रबन्ध गर्न अनुरोध गर्दछु । केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहमा भए–गरेका सबै खर्च विवरणहरू पारदर्शी बनाउनुपर्दछ ।

    ९. निषेधाज्ञाका समयमा जेष्ठ नागरिक, बालबालिका तथा अपांगता भएका व्यक्तिहरुलाई ध्यानमा राखी आवश्यक प्रबन्ध मिलाउन अनुरोध गर्दछु । नवजात शिशु, गर्भवती, सुत्केरी तथा स्तनपान गराउने महिला, मृगौला रोगी तथा क्यान्सरका रोगीहरुलाई अत्यावश्यक सेवा प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गर्दछु ।

    १०. कालोबजारी अनुगमन र नियन्त्रण गर्न राजनीतिक दल, निजीक्षेत्र, पत्रकार, नागरिक समाज, विभिन्न संघ–संस्थाहरुको एकीकृत संरचना बनाएर प्रभावकारीरुपमा केन्द्रदेखि गाउँसम्म परिचालित हुन अपील गर्दछु ।

    ११. सामाजिक रुपमा हुने विवाह, पूजा, भेला, बैठक वा सांस्कृतिक कार्य केही समयलाई स्थगन गर्न आह्वान गर्दछु । अस्पतालमा बिरामीको संख्या थपिन नदिन समुदायकै महत्वपूर्ण भूमिका छ । स्वास्थ्य सुरक्षाको मापदण्ड समुदायबाटै पूरा भयो भने अवश्य नै अस्पतालमा बिरामीको संख्या घट्ने छ ।

    १२. कोरोनाका कारण मृत्युवरण गर्नुभएका सम्पूर्ण व्यक्तिहरुप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु । कोरोनाको कारणले बिरामी हुनु भएका सम्पूर्ण जनसमुदायको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यहाँहरुको निम्ति स्वास्थ्य व्यवस्था गर्न तथा स्वास्थ्य उपचारमा विशेष ध्यान पुयाउन सरकार लगायत सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।

    १३. र अन्तमा स्वास्थ्य सुरक्षाका सबैखाले मापदण्ड पालना गर्न सम्पूर्ण जनसमुदायमा अपील गर्दछु ।

    धन्यवाद ।
    मितिः २६ बैशाख २०७८

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.