सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जोशीको निधनले प्रजातान्त्रिक आन्दोलनलाई नोक्सान : वरिष्ठ नेता पौडेल


  •    न्युजभित्तो/२६ बैशाख २०७८, आईतवार १५:१४ 
  • काठमाडौँ, २६ वैशाख  । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका नेता एवम् पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई ठूलो नोक्सान पुगेको बताउनुभएको छ ।

    स्व जोशीको ४५औँ पुन्यतिथिका अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘श्रद्धाञ्जलि सभा’मा उहाँले जोशीको निधनले देशले होनहार र उदीयमान नेता गुमाएको बताउनुभएको हो ।

    “लगनशील, सिर्जनशील र इमान्दार नेता जोशीको अभाव आगामी दिनमा देश र कांग्रेसभित्र खड्किनेछ”, उहाँले भन्नुभयो । पछिल्लो समय जनप्रतिनिधिका हैसियतले जनताको घरघरमा पुगेर जनसम्बन्ध राखेर अनुकरणीय काम गर्ने नेता जोशीबाट कांग्रेसका नेताले पाठ सिक्नुपर्ने उहाँको भनाइ थियो ।

    नेता पौडेलले उद्योगमन्त्री हुँदा स्व जोशीले बन्द हुन लागेका उदयपुर सिमेन्ट उद्योग, हेटौँडा सिमेन्ट उद्योग र औषधि व्यवस्था विभागलगायतमा कुशलतापूर्वक नेतृत्व गरेर पुनर्जीवन दिएको स्मरणसमेत गर्नुभयो ।

    बौद्धिक, विचारशील र कर्मशील व्यक्तित्व जोशीको निधनमा कांग्रेसले ठूलो क्षति व्यहोर्नुपरेको नेता पौडेलले बताउनुभयो । नेपालमा लोकतन्त्र साकार गरेमात्र स्व जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने उहाँको भनाइ थियो ।

    कांग्रेस नेता प्रकाशमान सिंहले स्व जोशी पार्टीको नेता मात्र नभएर प्रजातान्त्रिक आन्दोलनको सशक्त व्यक्ति भएको बताउनुभयो । “मूल्य मान्यता र आदर्शको राजनीतिमा अडिग र प्रतिकूल अवस्थामा नझुक्ने नेता स्व जोशी हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो । नेपाली कांग्रेसमात्र नभएर देशलाई नै नेतृत्व गर्ने क्षमता स्व जोशीमा रहेको उहाँको भनाइ थियो ।

    नेता सिंहले गणेशमान सिंहलाई जीवन्त राख्न स्व जोशीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । गणेशमान सिंह अध्ययन प्रतिष्ठानलाई निरन्तर रुपमा अगाडि बढाएमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने उहाँले बताउनुभयो ।

    प्रतिष्ठानका उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले जोशीको निधनले पार्टी र देशले एक योग्य नेता गुमाएको बताउनुभयो । स्व जोशीको योजनाअनुसार नै प्रतिष्ठानलाई अगाडि बढाउने उहाँको भनाइ थियो ।

    प्रतिष्ठानका सचिव डा भुपेन्द्र बस्नेतले स्व जोशी इमान्दार र असल नेतृत्वकर्ता भएको बताउनुभयो । प्रतिष्ठानका सदस्य एवम् त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा केदारभक्त माथेमाले स्व जोशी युवा जोस भएको जाँगरिलो नेता भएको बताउनुभयो ।

    स्व जोशीकी धर्मपत्नी सपना जोशीले स्व जोशी परिवारभन्दा पनि देश र जनतालाई माया गर्ने व्यक्ति भएको बताउनुभयो । गणेशमान सिंह अध्ययन प्रतिष्ठानलाई निरन्तर अगाडि बढाए जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने उहाँको भनाइ थियो ।

    कांग्रेस नेता राजुराज जोशीले स्व जोशीको योगदान पार्टीले मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । प्रजातन्त्रका लागि कोहीसँग नझुक्ने नेता स्व जोशी भएको उहाँको भनाइ थियो । विसं २०१९ मा काठमाडौँमा जन्मनुभएका जोशीको विसं २०७७ चैत १३ गते नर्भिक अस्पताल थापाथलीमा निधन भएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.