सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘मानवीय पीडा कम गराउन रेडक्रस अझ निरन्तर क्रियाशील हुनुपर्छ’


  •    न्युजभित्तो/२६ बैशाख २०७८, आईतवार १४:५९ 
  • काठमाडौं,२६ वैशाख  । महिला,बालिबालिका तथा समाज कल्याणमन्त्री जुलीकुमारी महतोले नेपाल रेडक्रसलाई थप गतिशील र पारदर्शी बनाउन यसका गतिबिधिको समीक्षा गर्नुपर्ने बताउनुभएको छ ।

    विश्व रेडक्रस दिवसका अवसरमा सोसाइटीद्वारा आज आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रेडक्रसका स्वयंसेवकले आधारभूत सिद्धान्त अनुरुप गतिबिधि प्रतिविम्बित भए नभएको समीक्षा गर्दै अगाडी बढ्न आग्रह गर्नुभयो । उहाँले कोभिड १९ महामारी न्यूनीकरण तथा रोकथामका लागि रेडक्रसले गरेका जनचेतना लगायतका काम प्रशंसनीय रहेको उल्लेख गर्दै बिभिन्न आपत्कालीन अवस्थामा रेडकसर्मीले पु¥याएको सेवाको उच्च सह्ना समेत गर्नुभयो । उहाँले भन्नुभयो “ नेपाल रेडक्रसलाई थप बलियो बनाउन सरकार सहयोग गर्न सधैं तयार छ ।

    तीनपटक नोबेल शान्ति पुरस्कार विजेता रेडक्रस संस्थाले पारदर्शिताका साथ मानवीय पीडा कम गराउन अझ निरन्तर क्रियाशील हुनुपर्छ । ” हरेकवर्ष मे ८ का दिन विश्व रेडक्रस दिवस विभिन्न कार्यक्रम आयोजना गरी विश्वभर मनाइन्छ । रेडक्रस अभियानका प्रवद्र्धक जँ हेनरी ड्युनाको जन्मदिनका अवसर पारेर यो दिवस माउन शुरुआत गरिएको हो । यसवर्ष ‘निरन्तरता’ भन्ने नाराका साथ विश्वव्यापी रुपमा मनाइएको छ । गृह सचिव महेश्वर न्यौपानेले रेडक्रसका लागि छुट्टै कानुनबनाई यसलाई अझ पारदर्शी रुपमा अगाडि बढाउनुपर्ने जोड दिँदै रेडक्रस कानुन निर्माणको आवश्यकता सरकारले महसुस गरेको छ भन्नुभयो ।

    उहाँले मन्त्रालयले रेडक्रस सम्बन्धी विधेयक मस्यौदा गरी प्रारम्भिक प्रक्रिया अगाडि बढाएको र रेडक्रसका हालको तदर्थ समितिले आफूले पाएको जिम्मेवारीहरु समयमै पुरा गर्नेमा सरकार विश्वस्त रहेको बताउनुभयो । रेडक्रसको अन्तराष्ट्रिय समितिका नेपाल प्रमुख अजमद अहमद उल्लाले रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीका लाखौं स्वयंसेवक र कर्मचारी निरन्तर विपद् तथा महामारीको पीडा कम गराउन विश्वभरी लागिपरेका छन् भन्नुभयो । उहाँले भन्नुभयो “समुदायसँग अझै नजिक रहेर महामारी तथा विपद्को रोकथाम तथा नियन्त्रणमा लाग्नुपर्छ ।

    ” रेडक्रसको अन्तराष्ट्रिय समिति(आइसीआरसी) का नेपाल प्रमुख जेरोमले रेडक्रस सिद्धान्तका आधारमा विश्वमा रेडक्रसका स्वयंसेवक तथा कर्मचारी मानवीय सेवामा समर्पित हुदै आएको बताउनुभयो । समाज कल्याण परिषदका उपाध्यक्ष डा पदम खतिवडाले रेडक्रसले महामारीका समयमा गरेको स्वयंसेवक परिचालन, रक्तसञ्चार सेवा जस्ता गतिविधिहरुको प्रशंसा गर्दै सोसाइटीले रेडक्रस अभियानका मूल्य र मान्यताका आधारमा अगाडि बढाउन रेडक्रस कानुनका लागि गरेको पहलमा परिषद्ले सक्दो सहयोग गर्ने जानकारी दिनुभयो । सोही अवसरमा सोसाइटीले सञ्चालनगर्ने मानवीय सेवाको लागि अनलाईन डोनेशन गर्न सकिने ‘एप्लिकेशन’को पनि शुभारम्भ गरिएको थियो । सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले मानवीय सेवाका क्षेत्रमा सोसाइटीले सम्पादन गरेका कामका बारेमा प्रस्तुती राख्नुभएको थियो ।

    सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले मानवीय पीडा कम गराउनका लागि जस्तो सुकै अवस्थामा पनि परिचालित हुने स्वयंसेवक र कर्मचारीको उच्चमूल्याकंन र प्रशंसा गर्दै कोभिड महामारीको रोकथामतथा नियन्त्रणका क्षेत्रमा देशैभर रेडक्रसकर्मीले गरिरहेका कामका बारेमा जानकारी गराउनुभयो । उहाँले रेडक्रस कानुनको अभावमा संस्थामा देखिएका चुनौती र समस्याकाबारेमा जानकारी गराउनु हुँदै रेडक्रस कानुनको निर्माणमा सबै पक्षको सहयोगका लागि आग्रह पनि गर्नुभयो । अध्यक्ष डा नेत्र तिम्सिनाले कोभिड महामारीको रोकथामतथा नियन्त्रणका लागि रेडक्रसले गरिरहेको गतिविधिका बारेमा जानकारी गराउँदै उपत्यका र बाहिरका जिल्लामा सञ्चालनगर्न सकिने थप गतिविधिहरुको तयारी र योजनाका बारेमा पनि जानकारी दिनुभयो ।

    विश्वमा रेडक्रस अभियान शुरुआत भएको एक सयवर्षपछि स्थापनाभएको नेपाल रेडक्रलसले आफ्नो सेवाको ५८ वर्ष पुरा गरिसकेको छ । हाल सोसाइटीका ७७ जिल्लाशाखा र करिब एक हजार ५०० सांगठनिक निकायमा आवद्ध १० लाख बढी सदस्य मानवीय सेवा सम्लग्न छन् ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.