सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अस्पताललाई एघार थान अक्सिजन सिलिन्डर हस्तान्तरण


  •    न्युजभित्तो/२६ बैशाख २०७८, आईतवार १४:५५ 
  • वालिङ, २६ वैशाख  । अटो इन्जिनीयरिङ एसोसिएशन स्याङ्जाले गह्रौँ प्राथमिक अस्पताललाई ११ थान अक्सिजनसहितका सिलिन्डर हस्तान्तरण गरेको छ ।

    विश्वव्यापी महामारीका रुपमा फैलिरहेको नयाँ भेरियन्ट कोभिड–१९ को सङ्क्रमणका कारण अक्सिजनको खपत दैनिक बढेपछि एसोसिएशनले सिलिन्डर हस्तान्तरण गरेको अध्यक्ष राजु तिवारीले बताउनुभयो । वालिङ नगरपालिकाभित्र रहेका विभिन्न मेटल कम्पनी, वर्कशप, मोटर ग्यारेज, ग्यास वेल्डिङलगायत कम्पनीमा रहेका ११ थान अक्सिजनसहितको सिलिन्डर हस्तान्तरण गरिएको अध्यक्ष तिवारीले बताउनुभयो ।

    “कोभिड सङ्क्रमितको सङ्ख्या द्रूत गतिमा बढ्दै गइरहेका बेला उपचारका लागि अक्सिजनको अभाव हुन सक्छ”, अध्यक्ष तिवारीले भन्नुभयो, “कोही पनि सङ्क्रमितले अक्सिजनको अभावकै कारण ज्यान गुमाउन नपरोस् भन्ने हेतुले सिलिन्डर सङ्कलन गरी अस्पताललाई उपलब्ध गराएका हौँ ।”

    सिलिन्डरको खोजी कार्य भइरहेकाले अझै थप गर्न सकिने उहाँले बताउनुभयो । कोभिड–१९ को रोकथाम तथा नियन्त्रण र उपचारका लागि नगरपालिकासँगै अन्य सहयोगी सङ्घसंस्थाको पनि उत्तिकै साथ र सहयोग रहेको नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो । उहाँले महामारीका समयमा रोकथाम तथा नियन्त्रणका साथै उपचारका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने व्यक्ति तथा सङ्घसंस्थालाई आभार व्यक्त गर्नुभयो ।

    व्यवसाय बन्द गर्दै अस्पतालमै पुगेर सिलिन्डर हस्तान्तरण गरेकामा नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले खुशी व्यक्त गर्नुभयो । पाण्डेले एसोसिएशनले विपद्का समयमा गरेको सहयोगलाई भुल्न नहुने बताउनुभयो । उहाँले प्राप्त सामग्रीको सही सदुपयोग गरी मानवीय जीवन रक्षाका लागि प्रयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.