सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर नगरपालिकाका संस्थापक मेयर एवम् राष्ट्रिय पञ्चायतका जनपक्षिय साँसद मुक्तिलाल चुकेको निधन


  •    /१३ असार २०७६, शुक्रबार १४:२१ 
  • चितवन । भरतपुर नगरपालिकाका संस्थापक मेयर मुक्तिलाल चुकेको आज निधन भएको छ । उहाँको नारायणगढस्थित आफ्नै निवासमा निधन भएको हो । चुके २०३५ सालमा तत्कालीन भरतपुर नगरपञ्चायतको मेयर बन्नुभएको थियो । बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनस्र्थापनापछि पनि उहाँ भरतपुर नगरपालिकाको मेयर बन्नुभएको थियो । 

    प्रजातन्त्रका सेनानी चुके राष्ट्रिय पञ्चायतका जनपक्षिय साँसदसमेत हुनुभएको थियो । उहाँ नेपाली काँग्रेस पार्टीसँग आवद्ध हुनुहुन्थ्यो । समाजसेवामासमेत उहाँको उत्तिकै सक्रियता थियो । उहाँको जन्म वि.सं. १९९२ कार्तिक १ गते गुल्मी जिल्लाको बामेटक्सारमा भएको थियो ।स्वर्गीय चुकेको अन्तिम संस्कार भोलि विहान गर्ने परिवारमा सल्लाह भएको उहाँका आफन्तले बताएका छन् ।

    काठमाडौँको अमृत साइन्स कलेज (अस्कल)बाट आईएस्सी उत्तीर्ण गर्नुभएका उहाँले चितवन फर्केपछि राजनीतिमा लाग्नुभएकोले स्नातकमा भर्ना भएपनि पढाई पूरा गर्न पाउनुभएन । वि.सं. २०२१ सालमा माधुरीदेवी श्रेष्ठसँग विवाह गर्नुभएका चुकेका तीन छोरा र एक छोरी हुनुहुन्छ ।

    परिवारसँग मुक्तिलाल चुके ।

    २०३५ सालमा स्थापित भरतपुर नगरपञ्चायत ०४६को परिवर्तनपछि नगरपालिका बनेको थियो । भरतपुर उपमहानगरपालिका हुँदै हाल महानगरपालिका बनेको छ । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    तनहुँको देवघाट वन डढेलोको उच्च जोखिममा
    आगलागीपीडित थापामगर परिवारलाई आवास र राहत
    राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’
    • ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ
    • चौधौँ वर्षमा वाग्मती सफाइ महाअभियान
    • प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग
    • प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.