सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चिनियाँ रकेटका टुक्राहरू ‘हिन्द महासागरमा खसे’


  •    न्युजभित्तो/२६ बैशाख २०७८, आईतवार १३:४६ 
  • बीबीसी, २६ वैशाख । पृथ्वीतिर अनियन्त्रित रूपमा फर्किँदै गरेको एउटा चिनियाँ रकेटका अवशेषहरू हिन्द महासागरमा खसेको चीनले बताएको छ।

    उक्त रकेटको अधिकांश भाग पृथ्वीमा प्रवेश गर्ने क्रममा ध्वस्त भएको थियो। तर केही भाग ७२.४७° पूर्व र २.६५° उत्तर अक्षांश र देशान्तर भएको स्थानमा झरेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। उक्त स्थान माल्दिभ्सबाट पश्चिमतिर पर्छ।

    अमेरिकी र युरोपेली ट्र्याकिङ वेबसाइटहरूले अनियन्त्रित रूपमा झरिरहेको लङ मार्च-५बी रकेटको अनुगमन गरिरहेका थिए। चिनियाँ सञ्चारमाध्यमका अनुसार रकेटका केही भागहरू बेइजिङको स्थानीय समयानुसार आइतवार १०:२४ बजे वायुमण्डलमा पुनः प्रवेश गरेका थिए।

    अमेरिकाको स्पेस कमान्डले एउटा विज्ञप्तिमा आफूले “चिनिया लङ मार्च-५बी अरेबियन प्रायःद्वीपमाथि पुन: प्रवेश गरेको पुष्टि गर्न सकेको” जनाएको छ। रकेटका अवशेषहरूले जमिनमा प्रभाव पारे कि पानीमा भन्ने विषयमा भने आफूहरू “अनभिज्ञ” रहेको उक्त निकायले जनाएको छ।

    रकेट वायुमण्डलमा फर्किनुअघि त्यसका भागहरू मानिसहरू बसोबास गर्ने क्षेत्रमा खस्लान् भन्ने चिन्ता उत्पन्न भएको थियो। अन्तरिक्षसम्बन्धी विषयका विज्ञहरूले भने पृथ्वीको निकै ठूलो सतह समुद्रले ओगटेको र धेरै भूभागमा बसोबास नरहेका कारण रकेटका टुक्रा कसैलाई लाग्न सक्ने सम्भावना निकै कम रहेको अनुमान गरेका थिए।

    सन् १९९० यता १० टनभन्दा बढी वजन भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खस्न दिइएको छैन। चिनियाँ रकेट १६ फिट चौडाइ र ९८ फिट लम्बाइको थियो। यसलाई चीनले एप्रिलको अन्त्यमा अन्तरिक्षमा नयाँ स्टेशन बनाउन प्रक्षेपण गरेको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.