सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जापानी राजदूत कृषि विश्वविद्यालयमा


  •    /१२ असार २०७६, बिहीबार २३:०६ 
  • चितवन । नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले कृषि तथा वनविज्ञान विश्वविद्यालयको निरीक्षण गर्नुभएको छ । राजदूत साइगोले विश्वविद्यालयको निमन्त्रणामा निरीक्षण एवं भेटघाट गर्नुभएको आज जारी विज्ञप्तिमा जनाइएको छ ।

    राजदूत साइगोले विश्वविद्यालयका प्रयोगशाला, पशु फार्म, बीउ उत्पादन कार्यक्रमको निरीक्षण गर्नुभएको थियो । अनुगमन निरीक्षणपछि विश्वविद्यालयमा आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकाल, रजिष्ट्रार प्रा डा मनराज कोलाक्षपति, योजना निर्देशक प्रा डा अर्जुन श्रेष्ठ, डिन प्रा डा शारदा थपलियाले विश्वविद्यालयमा भइरहेको शैक्षिक, अनुसन्धान तथा प्रसारप्रसारका बारेमा जानकारी गराउनुभएको थियो ।

    सो अवसरमा भैँसीमा बेमौसमी समयमा गराइएको गर्भधारणको सफल परीक्षणका बारेमा प्रा डा भूमिनन्दन देवकोटाले राजदूत साइगोलाई जानकारी गराउनुभएको थियो । राजदूत साइगोले दुई देशका विश्वविद्यालयबीच अझै प्रगाढ सम्बन्ध बिस्तार गर्दै विज्ञान र प्रविधिको आदानप्रदान गरिने बताउनुभएको विज्ञप्तिमा उल्लेख छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर र जापानका चारबाट विश्वविद्यालयबीच यसअघि नै सम्झौता भई काम भइरहेको छ ।

    कृषि तथा वनविज्ञान विश्वविद्यालयले जापानको यामागुची विश्वविद्यालय, टोकियो युनिर्भसिटी एग्री एण्ड टेक्नोलोजी, टोकियो एग्रीकल्चर युनिर्भसिटी र गिफु युनिर्भसिटीसँग सम्झौता गरी विद्यार्थी शिक्षक आदानप्रदान गर्दै आएको छ । नेपाल र जापानका विश्वविद्यालयबीच सन् १९९९ देखि नै सहकार्य हुँदै आएको उपकुलपति ढकालले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गृहमन्त्रालय बाट भेट्ने समय नपाएपछि सिंहदरबारको गेटमै पानीमा रुझ्दै बसे निहारिका र बिनु
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
    ध्रुवे हात्तीको आक्रमणपछि बहस: के हात्तीले पुस्तौँसम्म रिस साँध्छ?
    • बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
    • मधेश प्रदेशसभा: बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
    • गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा
    • राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.