सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई पालिकाद्वारा निःशुल्क एम्बुलेन्स सञ्चालन


  •    न्युजभित्तो/२४ बैशाख २०७८, शुक्रबार १०:४१ 
  • नवलपुर, २४ वैशाख ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का दुई स्थानीय तहले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । जिल्लाको गैँडाकोट नगरपालिका र कावासोती नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन् ।

    गैँडाकोट नगरपालिकाले कोभिड–१९ का बिरामी र गर्भवतीलाई लक्ष्य गरी तथा कावासोती नगरपालिकाले कोभिड–१९ का सङ्क्रमितलाई लक्ष्य गरी निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको बताएका छन् ।

    गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले नगरभित्रका कोरोना सङ्क्रमित र गर्भवतीलाई उपचारका लागि समयमा नै अस्पताल पुयाउन तीनवटा एम्बुलेन्स सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । पौडेलले नगरभित्रका कोरोना सङ्क्रमित बिरामीका लागि दुई र गर्भवतीका लागि एक एम्बुलेन्स निःशुल्करूपमा सञ्चालन गर्ने गरी तयारी अवस्थामा राखेको बताउनुभयो ।

    “कोरोना सङ्क्रमितका लागि छुट्याइएको दुई एम्बुलेन्समध्ये एउटा नगरपालिका परिसरमा र अर्को अमरापुरीमा राखिएको छ”, पौडेलले भन्नुभयो, “गर्भवतीका लागि सञ्चालन गरिएको एम्बुलेन्स भने पितौजीको बर्थिङ सेन्टरमा स्ट्याण्डबाइ रहनेछ ।” नगरपालिकामा राखिएको एम्बुलेन्स किसान साकोसको हो भने अमरापुरीमा यसअघिकै एम्बुलेन्सले सेवा दिने नगरप्रमुख पौडेलले बताउनुभयो । किसान साकोसको एम्बुलेन्स नगरपालिकाले भाडामा लिएर जनताको सेवाका लागि तयारी अवस्थामा राखेको हो ।

    नगरपालिकामा विभिन्न सङ्घसंस्थासहित सातवटा एम्बुलेन्स रहेको भए पनि सङ्क्रमितको उपचारका लागि समयमै सेवा पाउन कठिन हुने सम्भावनालाई ध्यानमा राखी निःशुल्क एम्बुलेन्स सञ्चालन गरिएको पौडेलले बताउनुभयो । एम्बुलेन्स आवश्यक पर्ने सङ्क्रमितले सिधै नगरपालिकाको स्वास्थ्य शाखा, स्थानीय जनप्रतिनिधि वा स्वास्थ्य संस्थामा सम्पर्क गर्न सक्ने पौडेलले बताउनुभयो ।

    कोभिड सङ्क्रमण भएका बिरामीलाई अस्पताल पु¥याउनका लागि नगरपालिकामा रहेको एम्बुलेन्सलाई खबर गर्न ९८५५०५६५५९ तथा अमरापुरीमा रहेको एम्बुलेन्सलाई खबर गर्न ९८६३२७२७२४ र गर्भवतीका लागि एम्बुलेन्स आवश्यक परेमा पितौजीको बर्थिङ सेन्टरमा ९८५५०६४३८८ मा सम्पर्क गर्नसमेत पौडेलले आग्रह गर्नुभयो ।

    त्यसैगरी कावासोती नगरपालिकाले समेत कोभिड–१९ का सङ्क्रमित बिरामीका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । नगरभित्रका सङ्क्रमित कसैलाई समस्या परेमा नगरपालिकाले व्यवस्थापन गरेको एम्बुलेन्सका चालकको मोबाइल नम्बर ९८४७०७४६३४ मा सम्पर्क गर्न सकिने नगरउपप्रमुख प्रेम शङ्कर मर्दनियाले बताउनुभयो । नगरपालिकाले कोभिड–१९ सङ्क्रमितको हेरचाह, स्वास्थ्य परामर्श र उपचारका लागि २० स्वास्थ्यकर्मी सहितको टोली परिचालन गरिएको मर्दनियाले जानकारी दिनुभयो ।

    अक्सिजनसहितको आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने बिरामीका लागि मध्यविन्दु जिल्ला अस्पतालसँग समन्वय गरिएको मर्दनियाको भनाइ छ । डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा कोरोना सङ्क्रमितको लागि २८ शय्याको आइसोलेसन केन्द्र तयारी अवस्थामा राखिएको अस्पतालका सूचना अधिकारी छबिलाल सुवेदीले बताउनुभयो । आजसम्म पुग्ने गरी बिरामीका लागि आवश्यक पर्ने अक्सिजन सिलिण्डर मौज्दात रहेको भन्दै सुवेदीले थप अक्सिजनका लागि तयारी भइरहेको जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.