चितवन,२४ वैशाख । जिल्लामा रहेका दुई मेडीकल कलेजमा पाँच जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका एक जना र अन्य वाहिरी जिल्लाका रहेका छन् ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ३ की ६९ वर्षिया बृद्धा रहेकी छन् । उनको पुरानो मेडीकल कलेजमा मृत्यु भएको हो । निमोनियाको समस्या भई यही बैशाख १९ गते अस्पताल आएकी उनमा २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
कोरोना सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारमन क्रममा उनको बिहिबार राती १ः५७ वजे मृत्यु भएको हो । यस्तै नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ९ का ३४ वर्षिय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई बैशाख २३ गते पुरानो मेडीकल कलेजमा भर्ना भएका उनको आज बिहान ४ वजे मृत्यु भएको हो ।
उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो । यता रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ का ५३ वर्षिय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई बैशाख २३ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको २ः१० वजे मृत्यु भएको हो ।
चितवन मेडीकल कलेजमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका वडा नम्बर २ का ५८ वर्षिय पुरुष रहेका छन् । निमोनियाको समस्या भई यही वैशाख १५ गते अस्पताल भर्ना भएका उनमा १६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको बिहिबार राती १२ः४० वजे मृत्यु भएको हो ।
सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो । यस्तै सोही मेडीकल कलेजमा उपचारका क्रममा कैलालीकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा टिकापुर ९ की ५३ वर्षिय महिला रहेको अस्पतालले जनाएको छ ।
कोरेना सङ्क्रमण पुष्टि भए संगै स्वासप्रश्वासमा समस्या देखिए पछि अस्पताल भर्ना भएकी उनको आज बिहान ६ वजे मृत्यु भएको हो । अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरेको केही समयमा नै मृत्यु भएको अस्पतालले जनाएको छ ।