सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थायी कमिटी र राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक


  •    न्युजभित्तो/२३ बैशाख २०७८, बिहीबार १४:१५ 
  • काठमाडौं, २३ वैशाख (रासस) । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विहान एकाएक स्थायी कमिटीको आकस्मिक बैठक बोलाए। बैठकमा राष्ट्रियसभा उपनिर्वाचनका विषयमा छलफल भयो।

    र, आफ्नो उम्मेद्वारले जित्ने सुनिश्चित भएपछि मात्रै उम्मेद्वारी घोषणा गर्ने निर्णय गर्यो। यद्यपी एमालेले गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई उम्मेद्वार बनाउने पक्का पक्की जस्तै छ। आकस्मिक स्थायी कमिटी बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गए।

    प्रधानमन्त्री ओली ११ बजेर ४५ मिनेटमा शितल निवास प्रवेश गरेका थिए भने भने १ बजेर ३० मिनेट जाँदा शितल निवासबाट बाहिरएका थिए। पौने दुई घण्टा राष्ट्रपति निवासमा बिताएका राष्ट्रपति र प्रधानमन्त्रीबीच के विषयमा छलफल भयो भन्ने विषय सार्वजनिक भएको छैन। तर, शितल निवासले भने यसलाई नियमित भेट भनेको छ।

    एकपछि अर्को गर्दै बैठक र भेटघाटमा व्यस्त रहेका प्रधानमन्त्री ओलीले आजै साँझ पाँच बजेलाई मन्त्रिपरिषद बैठक पनि बोलाएका छन्। बिहीबार अपरान्ह ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार मन्त्रिपरिषद बैठकको एजेन्डाबारे जानकारी गराइएको छैन।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.