सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तिलोत्तमाका मेयरले भने– ‘म बरु साइकलमा हिँड्छु, मेरो गाडी बिरामी बोक्न पठाउँछु’


  •    न्युजभित्तो/२३ बैशाख २०७८, बिहीबार १२:०० 
  • रुपन्देही,  २३ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे र उपमेयर जगेश्वरीदेवी चौधरीले आफु चढ्ने गाडीलाई एम्बुलेन्स बनाई बिहीबार बिहानदेखि कोरोना संक्रमित र अन्य बिरामीलाई अस्पताल ओसार पसारमा प्रयोग गरेका छन् ।

    मेयर घिमिरेको लु १ झ ३६० नम्बर र उपमेयर चौधरीको लु १ झ ३२६ नम्बरको स्कर्पियो गाडीमा अक्सिजन सिलिन्डर जडान गरी एम्बुलेन्स सेवा सरहको बनाएर सर्वसाधारण बिरामी ओसारपसार गर्न लागिएको हो ।

    मेयर घिमिरेले भने, ‘नगरवासीले चौबिसै घण्टा सवारी साधनका लागि हारगुहार गर्न थाल्नु भयो । भनेको समयमा अस्पतालसम्म लैजाने सवारी साधन नहुँदा अकालमा ज्यान जान सक्ने अवस्था पनि आउन थाल्यो । उपमेयर जी र मैले सल्लाह गयौं र हामी दुवैजनाको गाडीलाई एम्बुलेन्समा रुपान्तरण गरेर अहिले बिहानदेखि बिरामी बोक्न पठाउँदै छौं ।’

    उनले आफुहरु बरु स्कुटी वा साइकल मै हिँड्ने उनले बताए ।

    लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा छ । त्यसमा पनि बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिका थप जोखिममा छ ।

    बुटवलमा बुधबार दिउँसो साढे ४ बजेसम्म १४६ महिला र १८६ पुरुषसहित ३३२ जना संक्रमित छन् भने तिलोत्तमामा ७४ महिला र ८४ पुरुषसहित १५८ जना संक्रमित छन् ।

    बुधबार साँझसम्म जिल्लाभर ७९७ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.