सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाको तेस्रो लहर चाँडै सुरु हुन्छ, सतर्क रहनूस : भारतीय स्वास्थ्य मन्त्रालय


  •    न्युजभित्तो/२३ बैशाख २०७८, बिहीबार ११:४८ 
  • दिल्ली, २३ वैशाख । भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको तेस्रो लहर चाँडै सुरु हुने चेतावनी हुँदै सतर्क रहन आग्रह गरेको छ ।

    दिल्लीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा भारतको स्वास्थ्य मन्त्रालयका मुख्य चिकित्सा सल्लाहकार के विजय राघवनले तेस्रो लहर चाँडै सुरु हुन लागेको बताएका हुन् ।

    ‘भाइरसको तेस्रो लहर सुरु हुने कुरा निश्चित छ । चाँडै सुरु हुने हाम्रो अनुमान छ । यसबाट झनै सतर्क हुनुपर्ने अवस्था छ’ राघवनले प्रेसमिटमा भने, ‘ठ्याक्कै यही मिति भने निश्चित छैन ।’

    भारतको स्वास्थ्य संरचनालाई नै प्रभावित तुल्याउने गरी दोस्रो लहर आउला भनेर आफूहरुले कल्पना नै नगरेको समेत उनले बताए । ‘खोप नै भारतमा भेटिएका कोरोना प्रजातिका लागि प्रभावकारी हुनेछन्’ राघवनले भने ।

    उनले मास्क लगाउनेसहितका कोभिड मापदण्ड पालना गर्न समेत नागरिकलाई आग्रह गरे ।

    यसैगरी, भारतीय राज्य महाराष्ट्रमा आगामी जुलाइ तथा अगस्टमा भाइरसको तेस्रो लहर सुरु हुन सक्ने राज्यका स्वास्थ्य मन्त्री राजेश तोपेले बताएका छन् ।

    मे अन्त्यमा राज्यको कोभिड संक्रमण प्लेटो लेभल (न्यून तह)मा पुग्ने बताउँदै स्वास्थ्य मन्त्रीले तेस्रो लहरसम्म अक्सिजन र भेन्टिलेटरको पर्याप्त उपलब्धता हुने समेत जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.