सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उडान बन्द हुँदा अन्तर्राष्ट्रिय विमानस्थललाई दैनिक एक करोड घाटा


  •    न्युजभित्तो/२३ बैशाख २०७८, बिहीबार ११:३९ 
  • काठमाडौं, २३ वैशाख  । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सरकारले आन्तरिक तथा बाह्यक हवाई सेवा बन्दको निर्णय गरेको छ ।

    आन्तरिक उडान सोमबार रातिबाट बन्द भइसकेको छ भने अन्तर्राष्ट्रिय उडान आज रातिबाट बन्द हुँदैछ । नियमित उडान बन्द हुँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (टीआईए) लाई दैनिक एक करोड रूपैयाँ घाटा हुने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री बताउँछन् ।

    सरकारको निर्णय अनुसार टीआईएबाट उद्धार तथा अत्यावश्यक सेवाबाहेक केही समय राष्ट्रिय/अन्तर्राष्ट्रिय उडान हुने छैनन् । हेलिकप्टर पनि अति आवश्यक अवस्थामा मात्र प्रयोग हुनेछ ।

    गत वर्ष महामारी फैलनुअघि टीआईएबाट दैनिक तीन करोड राजश्व उठ्दै आएको थियो । लकडाउनमा आम्दानी शून्य प्रायः भयो । पछि संक्रमण दर कम भएसँगै राजश्व संकलन पुरानै लयमा फर्कन थालेकोमा कोभिड-१९ को दोस्रो वेभले पुन: प्रभावित बनाएको प्रवक्ता क्षेत्रीले बताए ।

    ‘गत वर्ष कोरोना महामारीअघि टीआईएको आम्दानी प्रति महिना ९० करोड थियो । लकडाउनपछि विमानस्थल खुल्ला भएसँगै बल्लतल्ल ३० करोड पुगेको थियो । अब फेरि शून्यमा झर्‍यो,’उनले भने ।

    टीआईए आम्दानीको मुख्य स्रोत सेड्यूल फ्लाइट, आन्तरिक/ अन्तर्राष्ट्रिय उडान, हेलिकप्टर चार्टरलगायत हो ।

    उडान रोक्ने निर्णयअघिसम्म दैनिक करिब १५ हजार यात्रुले आन्तरिक र अन्तराष्ट्रिय उडानको यात्रा गरेका थिए । निषेधाज्ञासँगै दुवै उडान रोक्न सरकारले निर्णय गरेपछि यो चाप बढेर १६ हजारसम्म पुगेको प्राधिकरणको भनाइ छ ।

    अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णयले मात्र पहिलेको २४ सयबाट बढेर यात्रुकको संख्या ३ हजार पुगेको छ । यो समयमा विशेष गरी वैदेशिक रोजगारीमा जाने नेपाली, कूटनीति नियोगका कर्मचारी र नेपाल घुम्न आएका पर्यटक छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.