सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सैनिक स्वास्थ्यसेवाबाट अवकाश लिएकालाई तयारी रहन निर्देशन


  •    न्युजभित्तो/२२ बैशाख २०७८, बुधबार १६:५४ 
  • काठमाडौँ, २२ वैशाख । नेपाली सेना मुलुकमा बढिरहेको कोभिड–१९ संक्रमण रोकथामका लागि विभिन्न योजनाका साथ आवश्यक तयारीमा जुटिरहेको छ ।

    कोरोना रोकथाम र नियन्त्रणका लागि निर्वाह गर्नुपर्ने थप भूमिकाको पूर्वानुमान एवं कार्यान्वयनका लागि सेनाले विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारी गरिरहेको छ ।

    सोही क्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाका अध्यक्षतामा बसेको विशेष बैठकले विसं २०७२ पछि सेनाको स्वास्थ्य सेवाबाट अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई राष्ट्रलाई आवश्यक परेका बखत सेवामा पुनः आउन सक्ने गरी तयारी हालतमा रहन आग्रह गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    सेनाको स्वास्थ्य सेवाबाट उक्त अवधिमा अवकाश हुनेको संख्या ३२० हाराहारी छ । सेनामा उपरथी दर्जाका नेतृत्वमा रहेको स्वास्थ्य निर्देशनालय छ । हाल सेनाको स्वास्थ्य सेवा विभागमा दुई हजारभन्दा बढी जनशक्ति कार्यरत रहेको जनाइएको छ । सेनाको हाल बाहिनी मातहतका १६ फिल्ड एम्बुलेन्स अस्पताल, इटहरी, पोखरा र नेपालगञ्जमा क्षेत्रिय अस्पताल तथा धनगढी र बर्दिबासमा सेटलाइट अस्पताल सञ्चालनमा छन् ।

    काठमाडौँको छाउनीस्थित वीरेन्द्र अस्पताल र महाङ्कालमा त्रिचन्द्र मिलिटरी अस्पतालले समेत दुर्घटना तथा अन्य आपत्कालीन अवस्थामा सर्वसाधारणलाई मानवीयरुपमा स्वास्थ्योपचार सेवा प्रदान गर्दै आएको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.