सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हवाई मार्गबाट आउनेले सरकारले तोकेका होटेलमा १० दिन क्वारेन्टाइन बस्नै पर्ने


  •    न्युजभित्तो/२२ बैशाख २०७८, बुधबार १५:३० 
  • काठमाडौं,२२ वैशाख । भारतबाट हवाई मार्ग हुँदै आउनेहरूले अब १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोरोना रोकथामका लागि भन्दै गत सोमबारदेखि आन्तरिक तथा वैशाख २३ गते बिहीबारदेखि अन्तर्राष्ट्रियतर्फका सबै उडान बन्द गर्ने निर्णय गरेको थियो।

    उक्त निर्णय भारतबाट हप्तामा दुइ वटा उडान गर्नेगरी भएको थियो। सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधवार भारतबाट आउनेले १० दिन होटेल क्वारेन्टिनमा बस्नु पर्ने नियम जारी गरेको छ।

    यस्तै क्वारेन्टाइनका लागि ८ वटा होटेलको नाम समेत सार्वजनिक गरिएको छ। विमानस्थलबाट ओर्लिएपछि उनीहरूलाई सिधै होटेलको क्वारेन्टाइनमा लगिने छ।

    त्यि होटेलहरुमा ललितपुरको भ्यू भृकुटी, गुहेश्वरीको माधव होटेल, गौशालाको आमदब्लम, रिडर्स इन, आनन्द आश्रम, एयरपोर्ट होटेल, भक्तपुरको ए वान रिसोर्ट, फार्म हाउस रिसोर्टलाई तोकिएको हो। यी होटलमा १० देखि ९१ वटासम्म रुम रहेको छ।

    होटेलले नै एयरपोर्टबाट यात्रुलाई लैजाने, खाने र बस्ने समेत व्यवस्था मिलाएको मन्त्रालयले जानकारी दिएको छ। एक यात्रुबाट प्रत्येक दिनको ३ हजारसम्म होटलले लिन पाउने छन्। उनीहरूले दश दिन अनिवार्य रुपमा होटेलको क्वारेन्टाइनमा बस्नुपर्ने छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.