सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गैँडाकोटमा अत्यावश्यक बाहेकका सेवा बन्द


  •    न्युजभित्तो/२२ बैशाख २०७८, बुधबार १४:२१ 
  • नवलपुर, २२ वैशाख ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको कारण आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

    गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले नगरपालिकाभित्र भीडभाड, सभासम्मेलन, समारोह, भेलाजस्ता कार्यहरु नगर्नसमेत स्थानीयवासीलाई आग्रह गर्नुभएको छ । “नयाँ भेरियन्टसहित फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट थप क्षति हुन नदिनका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ”, पौडेलले भन्नुभयो, “निषेधाज्ञा अवधिभर गैँडाकोट नगरपालिकाबाट प्रवाह हुने सेवामध्ये अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरेका छौँ ।”

    जिल्लाका स्थानीय तहहरुमध्ये सबैभन्दा बढी सङ्क्रमित गैँडाकोट नगरपालिकाभित्र रहेका भन्दै उहाँले निषेधाज्ञाको पूर्ण पालना गर्नसमेत नगरवासीलाई आग्रह गर्नुभएको छ । स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का अनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४१४ पुगेको छ ।

    स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईंले सक्रिय सङ्क्रमितमध्ये गैँडाकोट नगरपालिकामा मात्रै १४६ जना रहेका जानकारी दिनुभयो । त्यस्तै, कावासोतीमा १०८, विनयी त्रिवेणीमा ५०, मध्यविन्दु र देवचुलीमा ३४÷३४, हुप्सेकोटमा २२, बौदिकालीमा दुई र बुलिङटारमा एकजना सक्रिय सङ््क्रमित रहेका चापागाईंले बताउनुभयो । जिल्लामा पछिल्लो २४ घण्टामा ७९ जना कोरोना सङ्क्रमित थपिएका भन्दै चापागाईंले मङ्गलबार १० जना सङ्क्रमित निको भएका जानकारी दिनुभयो । दोस्रो लहरमा कोरोना फैलिएसँगै जिल्लामा चारजना सङ्क्रमितले ज्यान गुमाएका चापागाईंको भनाइ छ ।

    तीव्ररुपमा फैलिरहेको कोरोना सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा थप आइसोलेशन केन्द्र निर्माण गर्न स्थानीय तहहरुलाई आग्रह गरिएको उहाँले बताउनुभयो । हाल जिल्लाका विभिन्न अस्पताल र स्थानीय तहमा गरी जम्मा ६१ श्ययाको आइसोलेशन रहेको चापागाईंले बताउनुभयो ।

    मध्यविन्दु जिल्ला अस्पताल डण्डामा १७, हुप्सेकोट गाउँपालिकामा १०, मध्यविन्दु नगरपालिकामा नौ तथा गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, बुलिङ्टार गाउँपालिका, बौदिकाली गाउँपालिकामा ५÷५ श्ययाका आइसोलेशन केन्द्र रहेको चापागाईंले जानकारी दिनुभयो । जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकाले भने आइसोलेशन केन्द्र निर्माण गरेको छैन । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.