सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई हजार ५०० युवालाई होटेल तालीम


  •    न्युजभित्तो/२२ बैशाख २०७८, बुधबार ११:४५ 
  • काठमाडौँ, २२ वैशाख ।  कोथिना मीठो छ होटेल तालीम केन्द्रले दुई हजार ५०० युवालाई होटेल तालीम प्रदान गरेको छ । विसं २०६८ सालदेखि होटेल व्यवस्थापन तथा पर्यटन शिक्षामा निरन्तर सेवा प्रदान गर्दै आएको उक्त केन्द्रले स्थापनाकालदेखि हालसम्म दुई हजार ५०० बेरोजगार युवालाई होटेल तालीम प्रदान गरेको हो ।

    केन्द्रका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्र पोखरेलले केन्द्रले स्थापनादेखि हालसम्म बेरोजगार युवालाई बेकरी, हाउसकिपिङ, वरिष्टा, कुकिङ, बार टेन्डर तथा वेटरलगायत तालीम प्रदान गरिसकेको राससलाई जानकारी दिनुभयो । “यस केन्द्रमा तालीम लिएका युवाहरु स्वदेश तथा विदेशका विभिन्न होटेल तथा रेष्टुरेन्टमा काम गरिरहेका छन्, तालीम लिएका युवाहरु बेरोजगार बस्नु परेको छैन”, उहाँले भन्नुभयो ।

    एसोसिएशन नेपाल आकी संस्थाबाट मुनाफा वितरण नगर्ने कम्पनीका रुपमा सञ्चालित उक्त संस्थाले आम्दानी गरेको रकम विभिन्न सामाजिक संस्थालाई सहयोगसमेत गर्दै आएको छ । उक्त केन्द्रले गोरखा भूकम्पको समयमा धादिङ तथा गोरखाका ग्रामीण क्षेत्रमा सहयोग गरेको थियो ।

    आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क होटेल तालीम प्रदान गर्दै आएको उक्त केन्द्रले तालीम प्रदान गर्नाका साथै इन्टनशिप, डकुमेन्टेशन र जागिरका लागि आवश्यक अन्तर्वार्ताको तयारीसमेत गर्दै आएको सिइओ पोखरेलले बताउनुभयो । यस्तै, उक्त केन्द्रले होटेल तथा रेष्टुरेन्टमा लगानी गर्न सक्नेलाई आवश्यक परामर्श तथा सहयोग गर्दै आएको छ । केन्द्रले विद्यार्थीलाई होटेल तालीम प्रदान गर्नका लागि आफ्नै लगानीमा रेष्टुरेन्टसमेत सञ्चालनमा ल्याएको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.