सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुरातात्विक महत्वका ४९३ सम्पदा पुनःनिर्माण


  •    न्युजभित्तो/२१ बैशाख २०७८, मंगलवार १४:५० 
  • काठमाडौँ, २१ वैशाख  । गोरखा भूकम्पको छ वर्षको अवधिमा भूकम्पले भत्किएका पुरातात्विक महत्वका ४९३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ ।

    भूकम्प प्रभावित ३२ जिल्लाका ९२० सम्पदामा विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जनाएको छ । क्षतिग्रस्त २८८ सम्पदा पुनः निर्माणको चरणमा रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले राससलाई जानकारी दिनुभयो ।

    यी सम्पदाको पुनःनिर्माण चालु आर्थिक वर्षमै शुरु गर्ने तयारी छ । तीमध्ये केही सम्पदाको पुनःनिर्माण शुरु भइसकेको छ । भूकम्पले विश्व सम्पदा क्षेत्रका १७०, काठमाडौँ उपत्यकाका तीन जिल्लाका ४०६ र उपत्यकाबाहिरका २९ जिल्लाका ३४४ गरी ९२० सम्पदामा क्षति पुगेको थियो । हालसम्म विश्व सम्पदा क्षेत्रका ११०, काठमाडौँ उपत्यकाका तीन जिल्लाका २०७ र उपत्यकाबाहिरका २९ जिल्लाका १७६ गरी ४९३ सम्पदाको पुनः निर्माण सम्पन्न भएको हो ।

    चालु आवमा विश्व सम्पदा क्षेत्रका ४९, काठमाडौँ उपत्यकाका तीन जिल्लाका १११ र उपत्यकाबाहिरका २९ जिल्लाका १२८ गरी २८८ सम्पदा पुनः निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ । भूकम्पले क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहरालाई जस्ताको त्यस्तै राखी उस्तै आकार र प्रकारमा धरहरा टावर निर्माण सम्पन्न भई गत फागुन ११ गते उद्घाटन गरिएको छ ।यसैगरी भूकम्पले क्षतिग्रस्त राजधानीको मुटुमा रहेको रानीपोखरी पनि गत वर्ष दशैँअघि नै निर्माण सम्पन्न गरी उद्घाटन गरिएको छ ।

    काष्ठमण्डप पनि पुनः निर्माणको अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ । भूकम्पले भत्किएका सम्पदा अझ राम्रो र बलियो बनाऔँ भन्ने अवधारणाको अवलम्बन गरी पुनःनिर्माण अघि बढेको प्राधिकरणले जनाएको छ । विपद् प्रतिरोधक हुने गरी स्थानीय आवश्यकताअनुरूप उपयुक्त प्रविधि अपनाई जीर्णोद्धार, प्रबलीकरण र पुनःनिर्माण गरिएको सहप्रवक्ता घिमिरेले बताउनुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.