‘अस्पतालमा आइसीयू र भेन्टिलेटर छैनन्, घरमै बसी कोरोना लाग्नबाट बचौं’
न्युजभित्तो/२१ बैशाख २०७८, मंगलवार १४:३३
काठमाडौं,२१ वैशाख । नेपाललगायत विश्वभरमा कोरोनाको दोश्रो लहरले आक्रान्त बनाएको छ। छिमेकी भारतको केही दिन पहिलाका श्रव्यदृष्य सामग्रीहरुले सबैको मन छियाछिया बनायो। नेपालमा पनि बाँकेमो पछिल्लो समय कोरोनाले आक्रान्त बनाएपछि त्यहाँका नर्सहरुको तस्वीर भाइरल भयो।
हामीले हरेक परिस्थितिलाई सामान्य रुपमा आंकलन गर्दा भूसको आगो जस्तै कोरोनाले आफ्नो संक्रमण फैलाइरहेको छ। कोरोनाको संक्रमणबाट आज विश्वमा लाखौंको ज्यान गएको छ भने नेपालमा पनि कोरोनाबाट अहिलेसम्म ३ हजार ३ सय ६२ जनाको मृत्यु भएको छ।
दोश्रो लहरको कोरोनाले नेपालमा २० देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरु बढी संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्टमा उल्लेख गरिएको छ। मन्त्रालयले हरेकदिन सार्वजनिक गर्ने रिपोर्टमा उक्त उमेर समूहका व्यक्तिहरुमा कोरोनाको संक्रमण बढ्दो क्रममा देखिन्छ।
नेपालमा हालसम्म २० देखि ४० वर्षका १ लाख १५ हजार १ सय २ पुरुष र ६४ हजार ५० जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। जम्मा संक्रमित ३ लाख ४३ हजार ४ सय १८ को ३३.५१ प्रतिशत २० देखि ४० वर्ष उमेरका पुरुषको संख्या रहेको छ। यस्तै, १८.६५ प्रतिशत सोही उमेरका महिला संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हालसम्म ५४ हजार ४१ सक्रिय संक्रमितको संख्या रहेको छ भने त्यो मध्येको ९२.८३ प्रतिशतका दरले हुन आउने ५० हजार १ सय ७० जना होमआइसोलसमा बसेका छन्। यो संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ। यदि होम आइसोलेसनमा बसेकाहरुको संख्या अस्पताल जाने हो भने हाम्रो प्राणालीले नधान्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सरकारसँग १ हजार २ सय ८३ आइसीयू बेड र ५ सय ४६ भेन्टिलेटरमात्र उपलब्ध छन्। उपलब्ध मध्ये ६ सय ५५ आइसीयू र २ सय ८२ भेन्टिलेर बाग्मती प्रदेशमा रहेका छन्।
प्रदेश १ मा आइसीयू १ सय ३४ र भेन्टिलेटर ७१, प्रदेश २ मा क्रमशः ५० र २५, गण्डकी प्रदेशमा २४१ र ६७, लुम्बिनी प्रदेशमा ११४ र ६१, कर्णाली प्रदेशमा ४९ र १७ र सुदूरपश्चिम प्रदेशमा ४० आइसीयू र २३ भेन्टिलेटर उपलब्ध भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोरोनाको दोश्रो लहरको महामारीबाट बच्ने उपाएका बारेमा सरुवारोग विषेशज्ञ डा. शेरबहादुर पुन सबैले आ–आफ्नो दायित्वबाट भाग्न नहुने सुझाव दिन्छन्। उनले संकटको बेला आएको कारण सबैले आ–आफ्नो स्थानबाट कतव्य विमुख नभएर काम गर्नु पर्ने बताए।
डा. पुनले भने, ‘सबैभन्दा पहिला नागरिक आत्मअनुसाशित भएर आफ्नो दायित्व निर्वाह गर्नु पर्छ। अस्पतालमा आइसीयू र भेन्टिलेटर छैन भन्ने कुरा बुझेर घरमै बसौं आफू बचौं र अरुलाई पनि बचाऔं भन्ने तर्फ लाग्न जरुरी छ। नागरिकलाई अहिलेको समय भनेको घरभित्र बस्ने हो। यो समयामा नागरिक घरमा बसि दिएर आफ्नो कर्तव्य पूरा गरेमा केही हदसम्म सरकारलाई कोरोनाको विरुद्धको लडाईँमा सफलता प्राप्त होला।’
उकालो लागेको ग्राफ निश्चित ठाउँमा केही हप्ताभित्र पुग्ने र त्यसपछि ओरालो लाग्ने डा. पुनको भनाइ छ। ‘निश्चित समयमा उकालो गएको ग्राफ झर्न त झर्छ तर, हामीले यसलाई कसरी स्टेबल बनाउने भन्ने हो। एकसरो सबैमा लागेर आफैं ओरालो झर्ने मिति कुर्दासम्म ठूलो संख्यामा मानिसहरुको मृत्यु भइसकेको हुने छ।’
कोरोना रोकथाम तथा नियन्त्रणमा चैन ब्रेक नै ठूलो टुल्स भएको पनि डा. पुनको भनाइ छ। सरकारले कतिपय खोप लगाएको छ। निषधाज्ञा पनि लगाएको छ। यस्तो अवस्थामा घरभित्र बसेका नागरिकले पनि आफूलाई सकेसम्मको अनुसाशित बनाइदिनु पर्ने डा. पुनको भनाइ छ।
डा. पुनले भने, ‘मानिसहरु बाटोमा त्यसै हिडेको देखिन्छ। हातमा एक मुठ्ठा साग समातेर बाटोमा लकडाउन हेर्न निक्सने हरेकले आफू नागरिक भएको र सरकारले गरेको निषेधाज्ञाको पालना गर्नु पर्ने आफ्नो पनि कतव्र्य भएको बिर्सिएका छन्। त्यो दुःखलाग्दो कुरा हो।’
बिशेष गरी सरकारको तर्फबाट अक्सिजन बेडहरु निर्माण हुनुपर्ने डा. पुनको माग छ।
‘हामीले बचाउन सक्नेलाई पनि बचाउन नसकिएको अवस्था हुन सक्छ। त्यसैले सरकारले विषेश गरी अक्सिजनसहितका बेडहरु निर्माण गर्नु आवश्यक छ।,’ डा. पुनले भने। डा. पुनका अनुसार कोरोनाको दोश्रो लहरले अत्कालै अक्सिजनको मात्रा घटाउने र अक्सिजनको कमिका कारण विरामीको मृत्यु भएको पाइएको छ।