सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सल्यान अस्पतालमा अक्सिजन र एन्टिजेन किटको अभाव


  •    न्युजभित्तो/२१ बैशाख २०७८, मंगलवार १४:१३ 
  • सल्यान, २१ वैशाख । सल्यान अस्पतालमा अक्सिजन अभाव भएको छ । कोरोना सङ्क्रमितको उपचार भइरहेको अस्पतालमा अक्सिजन अभाव भएपछि जटिलखालका कोरोना सङ्क्रमितहरु प्रभावित हुन थालेका छन् ।

    अस्पतालमा रहेका १७ वटा अक्सिजन सिलिण्डरमध्ये १४ वटा प्रयोगमा आएकामा ती सिलिन्डरहरु पनि खाली भएपछि सङ्क्रमितहरुलाई अक्सिजन दिन बन्द गरिएको छ । अस्पतालमा भएका तीन वटा सिलिण्डरहरु बिग्रेको अस्पतालले जनाएको छ ।

    कोरोना सङ्क्रमितहरुलाई उच्च क्षमतामा अक्सिजन दिनुपर्ने भएकाले एकै दिनमा १० वटा सिलिन्डर सकिने गरेको स्वास्थ्यकर्मी बताउँछन् । “हरेक २४ घण्टामा १० वटा सिलिन्डर सकिन्छन्, बाँकीले आठदेखि १० घण्टा धान्नुपर्छ । यतिबेला बिरामीहरुलाई पूरा समय अक्सिजन पुग्दैन”, अस्पतालका डा भिमकान्त जैसीले भन्नुभयो ।

    अस्पतालमा सुर्खेतबाट अक्सिजन ढुवानी गर्नुपर्ने भएकाले सुर्खेत जान र आउन तथा सिलिण्डर भर्न समय लाग्ने हुँदा अक्सिजन समयमा पु¥याउन समस्या भइरहेको डा जैशी बताउनुहुन्छ । अस्पतालमा थप १० वटा सिलिण्डर मात्रै भएको भए पनि केही राहत हुने उहाँको भनाइ छ । अस्पतालमा भर्ना भएका अन्य बिरामीलाई समेत अक्सिजन दिनुपर्ने अवस्था रहेको डा प्रदीप शर्माले बताउनुभयो ।

    केही दिनअघि मात्रै अस्पतालमा अक्सिजन प्लान्ट मेसिन आएको छ । कर्णाली प्रदेशबाट मेसिन त आयो तर जडान गर्ने जनशक्ति नपठाउँदा त्यसै थन्किएको छ । अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि भने काम गर्न सहज हुने शर्माको भनाइ छ । यसैबीच सल्यान अस्पतालमा एन्टिजेन किट सकिएपछि कोरोना परीक्षण रोकिएको छ । एन्टिजेन विधिमार्फत अस्पतालमा गरिंदै आएको कोरोना परीक्षण हाललाई स्थगित गरिएको स्वास्थ सेवा कार्यालय सल्यानले जनाएको छ । किट कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएपनि प्रदेशमै किट सकिएपछि पाउन नसकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक दशरथ श्रेष्ठले बताउनुभयो ।

    एन्टिजेन नहुँदा पिसिआरबाट परीक्षण रिपोर्ट ढिला आउने देखिएको छ । पिसिआरका लागि २०० स्वाब सङ्कलन गरेर मात्रै सुर्खेत पठाइने हुँदा रिपोर्ट ढिला आउने भएको हो । जिल्लाका स्थानीय तहहरुले कोरोना सङ्क्रमितहरुका लागि आइसोलेसनको व्यवस्था गरेपनि सङ्क्रमितहरु भने जिल्ला अस्पतालमै आउने गरेका छन् । सल्यानमा दुई जना कोरना सङ्क्रमितको आज मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बागचौर नगरपालिका­७ का ७० वर्षिय एक पुरुष र सिद्ध कुमाख गाउँपालिका­१ का ३३ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । यो सँगै सल्यानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.