सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीमा कोरोना देखिएपछि बैंकिङ सेवा बन्द


  •    न्युजभित्तो/२१ बैशाख २०७८, मंगलवार १३:०७ 
  • डोटी, २१ वैशाख । राष्ट्रिय वाणिज्य बैंक डोटीले सिलगढी शाखाबाट प्रदान हुँदै आएका आफ्ना सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।

    बैंकको डोटी शाखाले एक सूचना प्रकाशित गरी जिल्लामा दिइँदै आफ्नो शाखाका सेवा बन्द गरिएको जानकारी गराएको हो । सूचनामा भनिएको छ, “बैंकमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीको स्वाब सङ्कलन गरी परीक्षणका लागि जिल्ला अस्पतालको ल्याबमा पठाइएकाले उक्त नतिजा नआउन्जेलसम्मका लागि बैंकिङ सेवा बन्द हुनेछन् ।” सेवा बन्द गरिएको जानकारी दिइए पनि आफ्ना कुन कुन ठाउँका र कति जनामा कोरोना सङ्क्रमण भयो भन्ने विषयमा बैंकले खुलाएको छैन ।

    बैंकले आफ्ना सेवा बन्द गरेपछि सेवाग्राहीलाई निकै समस्या भएको छ । पछिल्लो समय ज्येष्ठ नागरिक, एकल तथा अपाङ्गता भएकाहरु भत्ता लिनका लागि बैंकमा आउन थालेका कारण बैंकको सेवा बन्द भएपछि सबैभन्दा बढी उनीहरु मारमा परेको दिपायल सिलगढी नगरपालिका–६ का रामबहादुर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “भत्ता लिने सेवाग्राहीको भीड लाग्ने गरेको छ, बैंकले सेवा बन्द गरेपछि समस्या हुने भएको छ ।” सेवाग्राहीका समस्यालाई दृष्टिगत गर्दै तथा कर्मचारीको पिसिआर रिपार्टका आधारमा आफ्ना सेवाहरु निकट भविष्यमै पुनः सञ्चालन गर्ने योजना रहेको राष्ट्रिय वाणिज्य बैंक डोटीका प्रमुख हर्कसिंह धामी विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “बाध्यताले हामीले केही दिनका लागि सेवा बन्द गर्नु परेको हो, चाँडै पुनः सेवा सञ्चालन हुनेछ, सेवाग्राहीमा परेको समस्याका लागि हामी क्षमाप्रार्थी छौँ ।”

    बैंकले अचानक सेवा बन्दको सूचना निकालेर सबै सेवा बन्द गरेपछि सिलगढीमा रहेको बैंकको शाखामा सेवाग्राहीको भीड लागेको दिपायल पिपल्लाका स्थानीयवासी प्रकाशबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “सेवा बन्द गरेको बैंकले समयमै जानकारी दिएन, यहाँ सेवाग्राहीको भीड लागेको छ, उनीहरुको समस्या कसले बुझ्ने ।” बैंकमा सुनको ब्याजदेखि अन्य कारोबारका ग्राहकहरुको पनि भीड बढेको स्थानीयवासीहरु बताउँछन् । उता राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाले भने आफ्नो सेवा पुनः सञ्चालन राखेको शाखाप्रमुख गणेशबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो शाखामा पनि केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ, उहाँहरु आइसोलेशनमा हुनुहुन्छ, सेवाग्राहीको चापलाई ध्यानमा राखेर हामीले सेवा पुनः सञ्चालन गरेका छौँ, बन्द भएको छैन ।”

    जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्ला प्रशासनले आज रातिदेखि लागू हुने गरी १० दिनका लागि निषेधाज्ञा गर्ने निर्णय गरेपछि भत्तादेखि खातामा भएको आफ्नो रकम झिक्न आउने सेवाग्राहीका कारण बैंकमा भीड बढेको बताइएको छ । जिल्लामा अहिलेसम्म कम्तीमा पनि १७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका कोभिड सम्पर्क व्यक्ति तेजबहादुर शाहीका अनुसार भारतबाट रोजगारी गरी घर फर्किएका यहाँका नागरिकमा कोरोना सङ्क्रमण देखिएको हो । कोरोना सङ्क्रमणका कारण दुई हप्ताको अवधिमा जिल्लामा दुई जनाको ज्यान गइसकेको छ ।

    कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्न थालेपछि यहाँका स्थानीयवासीमा त्रास फैलिएको बताइएको छ । जिल्लामा दुई नगरपालिका तथा सातवटा पालिकासहित नौवटा स्थानीय तह भए पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि कसैले पनि पहल नगरेको स्थानीयवासीको आरोप छ । जिल्लामा अहिलेसम्म भारतबाट आएका नागरिक राख्नका लागि क्वारेन्टिन तथा सङ्क्रमण भएका व्यक्ति राख्नका लागि आइसोलेशन वार्डसमेत निर्माण गरिएको छैन ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.