सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस पदाधिकारी बैठकमा विश्वासको मतबारे छलफल हुने


  •    न्युजभित्तो/२१ बैशाख २०७८, मंगलवार १३:०२ 
  • काठमाडौं, २१ वैशाख  । प्रतिनिधिसभाको विशेष अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेसका पदाधिकारीहरूको बैठक आज बस्दैछ ।

    सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा २ बजेपछि बस्ने बैठकमा प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिन लागेको अवस्थामा कांग्रेसले लिनुपर्ने रणनीतिबारे छलफल हुनेछ ।

    कांग्रेसले यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने तथा आफ्नै नेतृत्वमा सरकार बनाउने अग्रसरता लिइसकेको छ । प्रधानमन्त्री ओलीको विपक्षमा बहुमत निश्चित हुनासाथ अविश्वासको प्रस्ताव दर्ता गर्ने कांग्रेसको तयारी थियो । यद्यपि कांग्रेसले नयाँ सरकार गठनको औपचारिक कदम चाल्नुअघि नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिन संसदको विशेष अधिवेशन बोलाएका छन् ।

    पुस २७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावउपर छलफल र मतविभाजन हुनेछ । कांग्रेसले विश्वासको मतसम्बन्धी प्रस्ताव असफल पार्न पहल गर्ने निर्णय आजको बैठकबाट लिने बताइएको छ ।

    कोरोनाका कारण क्रियाशील सदस्यताको काम प्रभावित भएको भन्दै महाधिवेशन कार्यतालिकालाई आंशिक संशोधन गर्नेबारे पनि आज छलफल हुनसक्ने जनाइएको छ । यसअघि सोमबार बस्ने भनिएको कांग्रेस पदाधिकारी बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि स्थगित गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.